०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

आज २५ जना कोरोनालाइ जितेर घर फर्के

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

न्यूजमधेश सम्बादाता
भैरहवा ,१९ जेठ । रुपन्देहीकोे भीम अस्पतालमा उपचारार्थ भर्ना भएका २५ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

गैँडहवा गाउँपालिकाका दश, लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुका पाँचपाँच, सिद्धार्थनगर नगरपालिकाका एक, नवलपरासीका तीन जना र भारतका एक जना अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा नवीन दर्नालले जानकारी दिनुभयो ।

प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले डिस्चार्ज भएका बिरामीलाई फूल र खादा ओढाएर बिदाइ गर्नुभयो । मन्त्री बरालले कोरोना लाग्दैमा आत्तिनु नपर्ने तर सतर्कता भने अपनाउनुपर्ने बताउनुभयो । उहाँले संक्रमितलाई हेयको दृष्टिले नहेर्न पनि आग्रह गर्नुभयो । डिस्चार्ज भएका बिरामी खुशी हुँदै नाचेर बिदा भएका थिए ।

यसअघि आइतबार बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत चार संक्रमित डिस्चार्ज भएका छन् । पछिल्लो पटक गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिनुभयो ।

संक्रमितमध्ये कपिलवस्तुको यशोधरा गाउँपालिकाका दुई र बुद्धभूमि नगरपालिकाका एक युवक गत वैशाख ३० गते अस्पताल भर्ना भएका थिए । उनीहरु भारतबाट आएको जनाइएको छ । यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका युवकलाई वैशाख २९ मा अस्पताल ल्याइएको थियो । उनी पनि मुम्बईबाट आएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]