०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

कमला नदीबाट “नदी चेतना यात्रा” सुरु

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ जेठ ।धनुषा जिल्लाको पूर्वी क्षेत्रमा सिरहा र धनुषाको सिमाना रुपमा रहेको कमला नदीबाट आजदेखि नदी चेतना यात्राको शुभारम्भ भएको छ ।

मिथिला भूमिमा गङ्गासरह अवतरित मानिने कमला नदीको रामघाटमा नदीको पूजा आराधना गरी चेतना यात्राको शुभारम्भ गरिएको हो ।

गङ्गा अवतरणका दिवसमा “पानी रे पानी” योजनाअन्तर्गत कमला संरक्षण अभियानका अभियन्ता विक्रम यादवसहित कमला बचाउ अभियानका अभियन्ताहरुद्वारा एक कार्यक्रमको विच विधिपुर्वक शुभारम्भ गरिएको छ ।
सो यात्रा अन्तर्राष्ट्रिय नदी दिवससम्म चल्नेछ । कमला संरक्षण अभियानी यादवका अनुसार सो यात्रा कमला नदीको उद्गमस्थल सिन्धुली जिल्लाको महाभारत चुरे श्रृङ्खलादेखि भारतको कमला र कोशी संगमसम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]