१४ माघ २०८२, बुधबार
28-01-2026 , Wed
×

कमलामा क्वारेन्टिनको अवस्था बेहाल,जनप्रतिनिधीको गैर जिम्मेबार प्रतिकृया

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

सिबेन्द्र रोहिता 
जनकपुरधाम ,२० जेठ । धनुषाको कमला नगरपालिकाका क्वारेन्टिनको अवस्था बेहाल बनेको छ । भारतबाट आएका व्यक्तिलाई कष्टपूर्ण अवस्थामा क्वारेन्टिनमा राखिएको छ ।

कोरोना संक्रमण फैलिन नदिन बाहिरबाट आउनेका लागि क्वारेन्टिन निर्माण गरिएको छ । तर क्वारेन्टिनमै कोचाकोच गरेर व्यक्तिलाई राखिएको छ । व्यक्तिको संख्या बढी भएपछि विद्यालयको कोठा मात्र होइन् बरण्डामै डनलप ओछ्याएर उनीहरुलाई सुत्न भनिएको छ ।

कमला नगरपालिका ८ स्थित मावि टेढामोडको क्वारेन्टिनमा अहिले ६० जनाभन्दा बढी व्यक्तिलाई राखिएको छ । तर यहाँको सम्पूर्ण व्यवस्था अव्यवस्थित बनेको छ । यहीं क्वारेन्टिनमा भारतको क्वारेन्टिनमा रहिसकेका व्यक्तिलाई पनि राखिएको छ ।

यहाँ बसेकाले खाना पाइरहेपनि अनय कुनै सुविधा दिइएको छैन् । विद्यालयमा भएको एउटा शौचालयले दिशा, पिसाव गर्न अत्यधिक समस्या भोग्नुपरिरहेको क्वारेन्टिनमा बसेकाहरु बताउँछन् । यहाँ साबुन, सेनिटाइजर केहि पनि दिइएको छैन् ।

यही क्वारेन्टिनमा कमला नगरपालिका ५ भाहुवाहाका सन्तोष सदा भारतको क्वारेन्टिनमा बसेर आएका व्यक्ति हुन् । तर उनलार्य यहाँ पनि बलजफ्ती राखिएको छ ।

‘ठीकै छ यहाँ पनि बस्छु, तर जाँच त फटाफट गरिदिनुर्पयो पनि’ सदा भन्छन्, ‘यहाँ आएको ११ दिन भइसक्यो न जाँच गरेको छ न स्वास्थ्यकर्मी आएका छन् ।’

क्वारेन्टिन अव्यवस्थित बनेपछि पनि नगर प्रमुख गैर जिम्मेबार प्रतिकृया दिन्छन् । नगरपालिका प्रमुख रामउदगार गोइतले शुरुमा व्यवस्थित गरिएपनि संख्या एक्कासी बढ्दै गएपछि समस्या भएको बताउँछन् । दैनिक २० देखि २५ जना थपिन थालेपछि समस्या भएको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]