१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

सर्लाहीमा ग्यास चुल्हा र सिलिण्डर दिने भन्दै रकम असुली गर्ने महिला पक्राउ

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

न्यूजमधेश सम्बादाता
सर्लाही,२१ जेठ। सस्तोमा ग्यास चुल्हो र सिलिण्डर समेत दिने भन्दै सयौं सर्वसाधारणसँग रकम असुली गरी फरार भएकी सर्लाहीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोडैता नगरपालिका ३ बस्ने राजरानी कुमारी कुशवाहा छिन् । उनले जिल्ला प्रशासन कार्यालय रौतहटमा नेपाल लाइफ सेटल च्यारिटी ट्रष्ट नामक संस्था दर्ता गराई रौतहटकै चन्द्रप्ुर ४ मा कार्यालय राखेको बताएकी थिइन् । आफ्नो कार्यालयमा मलेसिया सरकारको आर्थिक सहयोग प्राप्त रहेकाले गरीब, विपन्नलाई ६ हजार सेट पर्ने ग्यास चुल्हा र सिलिण्डर ३५ सयमै उपलब्ध गराउने भन्दै सयौं सर्वसाधारणसँग रकम असुली गरेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

कुसवाहा सर्लाहीको बिभिन्न ठाउँका सर्वसाधारण, सोझासाझा गरीब, विपन्न परिवारसँग रकम लिएर ग्यास चुल्हा र सिलिण्डर नदिई फरार भएकी थिइन् । उनलाई सोमबार पक्राउ गरी ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभको कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको प्रबक्ता कुँवरले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]