३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

सर्लाहीमा ग्यास चुल्हा र सिलिण्डर दिने भन्दै रकम असुली गर्ने महिला पक्राउ

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

न्यूजमधेश सम्बादाता
सर्लाही,२१ जेठ। सस्तोमा ग्यास चुल्हो र सिलिण्डर समेत दिने भन्दै सयौं सर्वसाधारणसँग रकम असुली गरी फरार भएकी सर्लाहीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोडैता नगरपालिका ३ बस्ने राजरानी कुमारी कुशवाहा छिन् । उनले जिल्ला प्रशासन कार्यालय रौतहटमा नेपाल लाइफ सेटल च्यारिटी ट्रष्ट नामक संस्था दर्ता गराई रौतहटकै चन्द्रप्ुर ४ मा कार्यालय राखेको बताएकी थिइन् । आफ्नो कार्यालयमा मलेसिया सरकारको आर्थिक सहयोग प्राप्त रहेकाले गरीब, विपन्नलाई ६ हजार सेट पर्ने ग्यास चुल्हा र सिलिण्डर ३५ सयमै उपलब्ध गराउने भन्दै सयौं सर्वसाधारणसँग रकम असुली गरेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

कुसवाहा सर्लाहीको बिभिन्न ठाउँका सर्वसाधारण, सोझासाझा गरीब, विपन्न परिवारसँग रकम लिएर ग्यास चुल्हा र सिलिण्डर नदिई फरार भएकी थिइन् । उनलाई सोमबार पक्राउ गरी ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभको कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान थालिएको प्रबक्ता कुँवरले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]