०७ कार्तिक २०८२, शुक्रबार
24-10-2025 , Fri
×

रुकुमको घटना सामाजिक नरसंहार हो, सबै मिलेर लड्नुपर्छ ः प्रदेश सांसद साह

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

कैलाश दास
जनकपुरधाम, २१ जेठ । अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिममा नवराज विकसहितका ६ जना युवकको हत्या प्रकरणलाई गम्भीरता पूर्वक लिंदै प्रदेश नं.२ का साँसदद्वय परमेश्वर साह र रामआशिष यादवले यो जातिय विभेद होइन, सामाजिक नरसंंहार हो ।न्यायका लागि हामी सबैले मिलेर लड्नु पर्ने बताएका छन् ।

राष्टिूय दलित पत्रकार संघ धनुषाको आयोजनामा मंगलवार जनकपुरधाममा आयोजित ‘दीप प्रज्वलन’ कार्यक्रममा साँसदद्वयले सो कुरा बताएका हुन । घटनाको यर्थात कुरा राज्यलाई थाहा हुँदाहुँदैन पनि सरकारले गम्भीरता नदेखाउनु हामी सबैको लागि दुर्भाग्य हो (साँसदद्वयले भने ‘अपराधको विरुद्धमा दलित, मधेशी, अल्पसंख्यक मात्र होइन, सबै मिलेर लड्नु पर्छ । ’

दोषीमाथि कारवाही हुनुपर्छ । अहिलेसम्म दोषीलाई नसमात्नु दुःखद कुरा हो साँसद साहले भने ‘यो घटनाले अपराधलाई बढावा दिने भयो ।’

संघका अध्यक्ष कुलदीप दास प्रेमको नेतृत्वमा भएको दीप प्रज्वलन कार्यक्रममा अर्को साँसद राम अशिष यादवले जबसम्म अपराधलाई राज्यले बढावा दिन्छ तबसम्म सम्पन्न राष्टू बन्दैन ।

यो जातिय छुवाछुत होइन, छुवाछुत माथिको अपराध हो । दोषीलाई कानूनी कारवाहीमा नल्याएमा जनता चुप लागेर बस्दैन । यो घटनाले गणतन्त्र नगराउने जिकिर गरेका छन् ।

त्यस्तै वरिष्ठ पत्रकार श्याम सुन्दर शशिले घटनाप्रति आक्रोशित हुँदै भने, ‘दलितले प्रेम गर्न पाउँछ कि पाउँदैन । दलितका बच्चाले प्रेम गरेमा हत्या गरिदिने कहाँको संविधानमा लेखेको हो ।’ उनले यो ठूलो अपराध हो । अपराधी जुनसुकैलाई पनि कारवाही हुनैपर्छ तब मात्र कानूनी राज्यको परिकल्पना गर्न सकिने बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा, नेपाली काँग्रेसका जनकपुरधाम उपमहा नगरपालिकाका नगरसभापति मनोज कुमार साह, महिला अधिकारकर्मी मुन्नी देवी दास, राष्टिूय दलित पत्रकार संघका प्रदेश अध्यक्ष कैलास दास सहितका व्यक्तिहरुले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दोषीमाथि कारवाहीको माँग गरेका छन् । दीप प्रज्वलन कार्यक्रममा सैयौंको संख्यामा अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]