०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

भोरद्वारा कोरोना संक्रमितलाई इम्युनिटी पावर बढाउने सामग्री वितरण

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२१ जेठ । आइसोलेशनमा रहेका प्रदेश २ का १ सय ५० जना कोरोना संक्रमितलाई इम्युनिटी पावर बढाउने सामग्री प्रदान गरिएको छ ।

अनुसन्धानमा आधारित भोर संस्थाले सर्लाही र रौतहटका १ सय ५० जना संक्रमितलाई ईम्यूनीटी बुस्टर र पोषण सप्लिमेन्ट सामग्री प्रदान गरेको छ ।

प्रति व्यक्ति च्यवनप्राश ५०० ग्राम, चनाको सतुः २ किलो, कागती १० थान, काजू, किसमिस, छोकड़ा, पिस्टा ,बादाम गरी २ सय ५० ग्राम, अस्तीमधु चूर्ण र त्रिफला चूर्णको मिश्रण, अश्वगन्धा चूर्ण ५० ग्राम तथा १४दिन पुग्ने चियापति प्रदान गरिएको भोरका संस्थापक अध्यक्ष राजकुमार मेहताले जानकारी दिए ।

मेहताका अनुसार सर्लाहीको मलंगवाको आइसोलेसनमा ५० जनालाई, कविलासीका ४१, हरीपुरका ९ तथा रौतहटको राजपुर नगरपालिकाका ५० जना संक्रमितलाई यो सामग्री प्रदान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]