१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

जनमत पार्टीद्वारा अति विपन्न ७१ घरपरिवारलाई राहत प्रदान

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२१ जेठ । लकडाउनबाट प्रभावित भएका ७१ घरपरिवारलाई जनमत पार्टीले राहत वितरण गरेको छ।

खाडी मुलुकमा रहेका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको आर्थिक सहयोगमा सिरहाको बरियारपट्टि गाउपालिका वडा नं.४ तेनुवापट्टिमा पार्टीका गाउपालिका संयोजक जितेन्द्र यादवको अध्यक्षता अति विपन्न र अशक्त र दैनिकी काम गरेर गुजारा चलाउ ७१ घरपरिवारलाई राहत वितरण गरेको छ।

राहत वितरण कार्यक्रममा जनमत पार्टी सुखिपुर नगरपालिकाका संयोजक सन्तोष कुमार यादव,पार्टीका औरही गाउपालिका २ का नेता सुजि मण्डल , युवा नेता मनोज ठाकुर,स्थानिय युवा राम बाबु मण्डल ,प्रदिप यदुवंशी यादवलगाइतका उपस्थितिमा ७१ घर परिवारलाइ मंगलबार राहत प्रदान गरेको छ ।

संयोजक जितन यादवले भने स्थानीय सरकार राहत वितरण गरेपनि जसलाई राहतको आवश्यकता रहेको घरपरिवारलाई राहत नदिई यस्ता विपत्रको समयमा सबै जना मिलेर कोरोना भाइरस विरुद्धको लडाइमा एक जुड भएर सहयोग गर्नु पर्ने आवस्यकता रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]