२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

जनमत पार्टीद्वारा अति विपन्न ७१ घरपरिवारलाई राहत प्रदान

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२१ जेठ । लकडाउनबाट प्रभावित भएका ७१ घरपरिवारलाई जनमत पार्टीले राहत वितरण गरेको छ।

खाडी मुलुकमा रहेका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको आर्थिक सहयोगमा सिरहाको बरियारपट्टि गाउपालिका वडा नं.४ तेनुवापट्टिमा पार्टीका गाउपालिका संयोजक जितेन्द्र यादवको अध्यक्षता अति विपन्न र अशक्त र दैनिकी काम गरेर गुजारा चलाउ ७१ घरपरिवारलाई राहत वितरण गरेको छ।

राहत वितरण कार्यक्रममा जनमत पार्टी सुखिपुर नगरपालिकाका संयोजक सन्तोष कुमार यादव,पार्टीका औरही गाउपालिका २ का नेता सुजि मण्डल , युवा नेता मनोज ठाकुर,स्थानिय युवा राम बाबु मण्डल ,प्रदिप यदुवंशी यादवलगाइतका उपस्थितिमा ७१ घर परिवारलाइ मंगलबार राहत प्रदान गरेको छ ।

संयोजक जितन यादवले भने स्थानीय सरकार राहत वितरण गरेपनि जसलाई राहतको आवश्यकता रहेको घरपरिवारलाई राहत नदिई यस्ता विपत्रको समयमा सबै जना मिलेर कोरोना भाइरस विरुद्धको लडाइमा एक जुड भएर सहयोग गर्नु पर्ने आवस्यकता रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]