२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ८५९ पुग्यो !

Logo
प्रकाशित बुधबार, जेठ २१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२१ जेठ। प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार महोत्तरीमा नौ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ जना, पर्सामा सात जना, सप्तरी र सिरहामा एक÷एक जना गरी ४४ जना नयाँ सङ्क्रमित थपिएको हो ।

जनकपुरस्थित प्रादेशिक अस्पतालमा स्वाबको परीक्षणका लागि जडान गरिएको रियल टाइम मेशिनबाट दुई दिनमा २४२ वटा स्वाबको नमूना परीक्षण गरिएकामा नौ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको सचिव डा घिमिरेले जानकारी बताउनुभयो ।

स्वाब र क्वारेन्टिनको अवस्था

यस प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्यलाई तीव्र पारिएको छ । आज अपराह्नसम्म ९७४ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । प्रदेशमा अहिलेसम्ममा १७ हजार ५२९ को स्वाबको नमूना सङ्कलन गरिएकामा १० हजार ६२३ को रिपोर्ट नेगेटिभ आएको छ र छ हजार ७० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । अहिलेसम्म सात हजार ७४७ को आरडिटी परीक्षण गरिएकामा १०८ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

प्रदेशमा अहिलेसम्म ४०४ वटा क्वारेन्टिन सञ्चालनमा आएको र सो क्वारेन्टिनमा ३० हजार ७०६ वटा श्ययाको व्यवस्था गरिएको छ । यतिखेर, २३ हजार ३३३ जना क्वारन्टिनमा, छ हजार ३१ जना होम क्वारेन्टिनमा र ५८३ जना आइसोलेसनमा बसेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]