०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

कोरोना नियन्त्रणको लागि अहिलेसम्म १० अर्ब रुपैयाँ खर्च

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ जेठ । कोरोना महामारी नियन्त्रण तथा रोकथामकाे लागि सरकारले अहिलेसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ ।

कोरोना नियन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा सरकारले नाै अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा पालिकाले गरी नाै अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका छन् ।

कोरोना कोष र सङ्घीय सरकारबाट ६ अर्ब तीन करोड, प्रदेशहरुबाट एक अर्ब आठ करोड र पालिकाहरुबाट दुई अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।पालिकहरुले गरेको खर्चको पूर्ण विवरण नआएको उहाँले बतउनुभयो ।

बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो । समिति बैठकमा लकडाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । जनजीवन सहज बनाउँदै लकडाउनलाई कसरी लैजाने भन्ने विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल भएको छ ।

तहगत रुपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयारी गरी सरकारलाई बुझाउने समझदारी पनि बैठकमा बनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]