१५ कार्तिक २०८२, शनिबार
01-11-2025 , Sat
×

प्रदेश सांसद अजय शाहीद्वारा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

अंगद यादव
नवलपरासी पश्चिम ,२२ जेठ ।कोरोना विरुद्धको लडाइमा अग्रसर भई खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरु लाई नवलपरासी पश्चिम क्षेत्र नं.१ख का प्रदेश सभा सांसद अजय शाहीले सुरक्षा सामग्री बितरण गरेका छ्न। कोभिड–१९ संक्रमण नियन्त्रणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुलाई उक्त स्वास्थ्य सामाग्री बितरण गरेका हुन ।

पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूले जोखिममा स्थलगत रिपोर्टिङमा पुग्नु पर्ने भएकाले स्वास्थ्य सुरक्षाका लागि सामग्री वितरण गरिएको प्रदेश सदस्य शाहिले बताए । त्यसैगरि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षामकर्मीलाई पनि मध्यनजर गर्दै स्वास्थ्य सामाग्री बितरण गरेका हुन।

यस महामारीमा अग्रपंक्तिमा रहि कार्य गरीरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मी माथि कोरोनाको संकट अधिक रहेको कुरा मनन गर्दै सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई मास्क, ग्लब्स, पीपीई सेट, जस्ता अत्यावश्यक सामान हस्तान्तरण गरी कोरोना बिरुद्धको लडाईमा सानो सहयोग गरेको प्रदेश सांसद शाहीले बताएका छन् । साथै उनले हस्तान्तरण गर्ने क्रममा सबैलाई सुरक्षा र सावधानीका साथ कार्य गर्ने सल्लाह पनि दिएका छन् ।

प्रदेश सासद शाहिले प्रतापपुर गाउपालिका कोे स्वास्थ्य प्रमुख लाई १० सेट पिपिई, ग्लब्स, सेनिटाइजर सुस्ता गाउपालिका का स्वास्थ्य प्रमुख लाई ९ सेट पिपिई, ग्लब्स, सेनिटाइजर ईलाक प्रहरी कार्यालय बेलाटारीलाई २ सेट पिपिई, ग्लब्स, सेनिटाइजर, नेपाल सशस्त्र प्रहरी बल गुठिप्रसौनी लाई २सेट पिपिई, ग्लब्स, सेनिटाइजर बलिनगरमा रहेको सशस्त्र सुरक्षा बललाई २सेट पिपिई र ५ जना पत्रकार हरुलाई पिपिई सेट सहित माक्स, सेनिटाईजर, ग्लबस लगायतका सामाग्री उपलब्ध गराउनु भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]