१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

प्रदेश सांसद अजय शाहीद्वारा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

अंगद यादव
नवलपरासी पश्चिम ,२२ जेठ ।कोरोना विरुद्धको लडाइमा अग्रसर भई खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरु लाई नवलपरासी पश्चिम क्षेत्र नं.१ख का प्रदेश सभा सांसद अजय शाहीले सुरक्षा सामग्री बितरण गरेका छ्न। कोभिड–१९ संक्रमण नियन्त्रणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुलाई उक्त स्वास्थ्य सामाग्री बितरण गरेका हुन ।

पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूले जोखिममा स्थलगत रिपोर्टिङमा पुग्नु पर्ने भएकाले स्वास्थ्य सुरक्षाका लागि सामग्री वितरण गरिएको प्रदेश सदस्य शाहिले बताए । त्यसैगरि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षामकर्मीलाई पनि मध्यनजर गर्दै स्वास्थ्य सामाग्री बितरण गरेका हुन।

यस महामारीमा अग्रपंक्तिमा रहि कार्य गरीरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मी माथि कोरोनाको संकट अधिक रहेको कुरा मनन गर्दै सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई मास्क, ग्लब्स, पीपीई सेट, जस्ता अत्यावश्यक सामान हस्तान्तरण गरी कोरोना बिरुद्धको लडाईमा सानो सहयोग गरेको प्रदेश सांसद शाहीले बताएका छन् । साथै उनले हस्तान्तरण गर्ने क्रममा सबैलाई सुरक्षा र सावधानीका साथ कार्य गर्ने सल्लाह पनि दिएका छन् ।

प्रदेश सासद शाहिले प्रतापपुर गाउपालिका कोे स्वास्थ्य प्रमुख लाई १० सेट पिपिई, ग्लब्स, सेनिटाइजर सुस्ता गाउपालिका का स्वास्थ्य प्रमुख लाई ९ सेट पिपिई, ग्लब्स, सेनिटाइजर ईलाक प्रहरी कार्यालय बेलाटारीलाई २ सेट पिपिई, ग्लब्स, सेनिटाइजर, नेपाल सशस्त्र प्रहरी बल गुठिप्रसौनी लाई २सेट पिपिई, ग्लब्स, सेनिटाइजर बलिनगरमा रहेको सशस्त्र सुरक्षा बललाई २सेट पिपिई र ५ जना पत्रकार हरुलाई पिपिई सेट सहित माक्स, सेनिटाईजर, ग्लबस लगायतका सामाग्री उपलब्ध गराउनु भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]