३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

तस्करसँग साँठगाँठ गर्ने ४ जना प्रहरीको निलम्बन

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ जेठ । तस्करसँग साँठगाँठ गर्ने प्रदेश २ का प्रहरीलाई कार्वाही गर्न शुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरधामले चार जना यस्ता प्रहरीलाई कार्वाही स्वरुप निलम्बन गरेको छ ।

लकडाउनको समयमा तस्करलाई सघाएको पाइएपछि उनीहरुलाई निलम्बन गरिएको छ ।

आर्थिक लाभ लिएर भारततर्फ सामान ओहोरदोहोरमा सहयोग पु¥याएको प्रमाण फेला परेपछि उनीहरुलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । निलम्बित हुनेमा एक जना प्रहरी सहायक निरीक्षक, दुई जना हबल्दार तथा एक जना जवान छन् ।

प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हबल्दार विजय साह र चुनरमण चौरसिया र प्रहरी जवान अरुण तिबारीलाई निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।

यी चारै जना सर्लाहीको बिष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत थिए । कार्यरत रहेको समयमा बिभिन्न तस्करसँग आर्थिक लाभ लिएर उनीहरुलाई तस्करी गर्न सघाइएको पाइएको डिआइजी सिंहले बताए ।

सिंहले प्रहरीभित्रको भ्रष्टाचार नियन्त्रण गर्न प्रहरीको शून्य सहनशिलता नीति अनुरुप उनीहरुलाई निलम्बन गर्दै थप अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]