१० चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनबाट १७ वर्षीय युवक कोरोना जितेर घर फर्के

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

न्यूजमधेश सम्बादाता
राजविराज ,२२ जेठ । कोरोना सङ्क्रमणबाट निको हुनुभएका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ हटेलका  १७वर्षीय युवक (मो नइम)ले आत्मबल बलियो भए कोरोनामाथि विजय प्राप्त सकिने अनुभव बताउनुभएकोे छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशनबाट आज बिदाइ हुँदै गर्दा उहाँले सञ्चारकर्मीसँग ती अनुभव सुनाउनुभएको हो ।

शुरुमा निकै डर लागेको तर बुवाआमा र दिदीहरुले निकै हौसला दिएको उहाँले उल्लेख गर्नुभयो । आइसोलेशनमा ल्याएपछि चिकित्सक, स्वास्थ्यकर्मी, नर्सले हरेक क्षण हौसला दिनुभएपछि डर भागेको उहाँले बताउनुभयो ।

गत वैशाख २९ गते सप्तरीको पहिलो सङ्क्रमितका रुपमा आइसोलेशनमा राखिनुभएका उहाँले खानपिन र बस्न कुनै समस्या नभएको , व्यवस्थापन पक्ष र सरकारलाई धन्यवाद दिनुभयो । सबैले हौसला दिएपछि आफूलाई ढुङ्गा पनि पचाउने उमेरमा नयाँ रोगले समाते पनि रोग जित्छु भन्ने हिम्मतअनुसार अस्पतालमा बसेको उहाँले उल्लेख गर्नुभयो ।

यही जेठ ११ गते र जेठ १७ गते स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएकाले घर पठाउन उहाँलाई बिदाइ गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताउनुभयो । उहाँले पनि औषधि नै नभएको कोरोनालाई जित्ने भनेकै आत्मबलले हो भन्नुभयो । त्यसका लागि सकारात्मक सोच र हिम्मत जरुरी रहेको डा दासले उल्लेख गर्नुभयो ।

डाकनेश्वरी नगरपालिका–३ का युवकसँगै चितवनबाट आएका अन्य १२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । ती युवकमा सङ्क्रमण पुष्टि भएको ११ दिनपछि जेठ ९ गते भारतको हरियाणाबाट आएका बलान बिहुल गाउँपालिका–४ का ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमित पुष्टि भयो । उनीसँगै आएकी श्रीमतीको पनि रिपोर्ट नेगेटिभ आएको थियो । त्यसयता भारतको दिल्ली, मुम्बई, हरियाणा, पञ्जाब, गुजरात, कलकत्ता, पटनालगायत विभिन्न राज्यबाट आएका तथा उनीहरूको सम्पर्कमा क्वारेन्टिनमा रहेका दुईजना प्रहरी र एकजना कार्यालय सहयोगी गरी सप्तरीमा ५६ जनामा सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।

ती युवकको बिदाइसँगै सो अस्पतालको आइसोलेशन खाली भएको छ । दुई महिलासहित ५५ जनालाई साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेशनमा राखिएको छ ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा ६, छिन्नमस्ता गाउँपालिकामा पाँच, राजविराज र शम्भुनाथ नगरपालिकामा एक÷एक गरी १३ जना कोरोना सङक्रमित थप भएका छन् । योसँगै सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या ६९ पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो । आज सङ्क्रमण पुष्टि भएका १३ जनालाई राजविराज ल्याउने तयारी भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]