२१ माघ २०८२, बुधबार
04-02-2026 , Wed
×

योजना बिपरित काम थालेपछि स्थानीयले रोके सडक निर्माण

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

सिबेन्द्र रोहिता
जनकपुरधाम ,२३ जेठ। धनुषाको शहिदनगर नगरपालिकामा नियम विपरित सडकमा माटो खसालेर ट्याक्टरले सुम्याउन थालेपछि स्थानीयले बिरोध गरेका छन् ।

वडा नम्बर ८ बिसरभोरा टोलमा वडा अध्यक्ष तनुक लाल कुसियैत र वडा सदस्यको मिलोमतोमा नगरपालिकाको रकमबाट सडकमा माटो र ग्राभेल हाल्ने योजना भएपनि माटोको सट्टामा पुरानै सडकलाई ट्याक्टरको माध्यमले सुम्याएन खोज्दा स्थानीयले काम रोकेका हुन् ।

सडकमा स्टिमेट अनुसार काम गर्न युवाहरुले आग्रह गरेपनि पुरानै माटोलाई सुम्याउने काम रोकिएको छैन् । नयाँ माटो हालेर ग्राभेल हाल्नुपर्नेमा पुरानो माटोमै ग्राभेल हाल्न लागिएको स्थानीय अरबिन्द यादवले बताए ।

अर्का युवक दिपक यादवले सडकमा माटोको काम नगरीकन ग्राइभल दिन खोज्दा आफूहरुले स्टिमेट माग गर्दा समेत दिइएको छैन् । स्टिमेट नदेखाएसम्म काम गर्न नदिइउने स्थानीयले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]