०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

पर्सामा २२ लाख रुपैयाँसहित एक जना प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

रंजित चौरसिया
बीरगंज,२३ जेठ। पर्साबाट श्रोत नखुलेको २२ लाख रुपैयाँसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

बहुदरमाई नगरपालिका ५ भौराटारका २० वर्षीय प्रकाश साहलाई २२ लाख ४६ हजार स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको हो । उनलाई छिपहरमाई गाउँपालिका–४ बञ्जारीबाट पक्राउ गरिएको हो । ना ४३ प २८०२ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

मोटसाइकलको ट्यांकीमा बनाइएको ‘फल्स बटन’ भित्र हजार, पाँच सय, एक सय र ५० दरका नोटहरु बरामद भएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिश्वाले जनाएको छ । रकमको श्रोत खुलाउन नसकेकाले उनलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीको भनाइ छ ।

सशस्त्र प्रहरीले बरामद रकमसहित साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]