२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

महोत्तरीमा नौलाख वृक्षरोपण गरिँदै

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

न्यूजमधेश सम्बादाता
महोत्तरी ,२३ जेठ। महोत्तरीमा करिब नौ लाख वृक्षरोपण गरिने भएको छ । यसवर्ष वृक्षरोपणका लागि करिव आठ लाख ८५ हजार बिरुवा तयार गरेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लाका पाँच ठाउँलाई केन्द्र बनाइ बिरुवा उत्पादन गरिएको छ । भूक्षय (भूस्खलन) रोक्न, घाँस–दाउराको आपूर्ति गर्न, काठ प्रयोजन र फलपूmल उत्पादनसहितको लक्ष्यसहित विभिन्न जातका बिरुवा तयार गरिएको सो कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले बिहीबार जानकारी दिनुभयो । उत्पादित बिरुवामा घाँस प्रयोजनका टाँकी, किम्बु, बकाइनो, काठ प्रयोजनका लागि टिक, जामुन, खयर, फलप्रयोजनका लागि कटहर, आँपसहितका रहेका छन् ।

मागबमोजिम लगत (अभिलेख) तयार गरी एक लाख वितरण गरिएको कार्यालयले जनाएको छ । सर्वसाधारणले जग्गा देखाएर माग गरेपछि कार्यालयले बिरुवा निःशुल्क उपलब्ध गराउने गरेको छ । यसपालि वन क्षेत्रका नाङ्गा डाँडा, जिल्लाका स्थानीय तह र सर्वसाधारणले माग गरेबमोजिमको क्षेत्रमा रोपण गरिने सोे कार्यालयले जनाएको छ ।

जिल्लाका जलेश्वर, माईस्थान, लक्ष्मीनियाँ, बेलगाछी खाल्टेबजार र बनराथारुटोलसहित छ ठाउँमा सो कार्यालयले बिरुवा उत्पादन गरेको छ । नदी किनारका उकास जग्गा, सार्वजनिक जग्गा, गल्छीपहिरो र स–साना पहाडी शृङ्खलाका नाङ्गाडाँडामा कार्यालयले स्थानीय तह, सामुदायिक वन उपभोक्ता समिति र सामाजिक सङ्घसंस्थाको समेत समन्वय र सहभागितामा नयाँ वृक्षरोपण गर्ने जनाएको छ ।

“खाली जग्गा, सडक छेऊ र सार्वजनिक जग्गामा रोपौँ रुख, यसले ल्याउँछ सुखै–सुख” भन्ने नारा नै तय गरेर वृक्षरोपणका लागि अभियान नै सञ्चालन गरिने डिभिजन प्रमुख साहको भनाइ छ । कार्यालयले सर्वसाधारणलाई निजी जग्गाको वृक्षरोपणमा प्रेरित र उत्साहित गराउन निःशुल्क बिरुवा उपलब्ध गराउने, रोपण कार्यमा प्राविधिक सल्लाह परामर्श दिने र नियमित अनुगमन गरिने व्यवस्था मिलाएको स्पष्ट पारेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]