२० माघ २०८२, मंगलबार
03-02-2026 , Tue
×

कोरोना भाइरस भगाउने नाममा जलाशयमा महिलाको भीड

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

न्यूजमधेश सम्बादाता
सिरहा ,२३ जेठ । कोरोना भाइरस (कोबिड–१९) फैलिन नदिन लकडाउन गरी घरमै बस्न सरकारले अपिल गरिरहँदा कोरोना भगाउने नाममा यतिबेला सिरहाका जलाशय तथा मन्दिरमा महिलाको भीडभाड बढ्दै गएको छ ।

सिरहाका गाउँगाउँबाट हुलका हुल महिला कमला, बलान नदीलगायतका जिल्लाका प्रमुख नदी तथा मन्दिरमा पूजापाठ गर्न पुग्ने गरेकाले दैनिक भीडभाड बढ्दै गएको हो । कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने र मुखमा मास्क लगाउनुपर्ने बिज्ञहरुले सुझाब दिईरहँदा महिलाहरु अन्धविश्वासलाई पच्छ्ययाउँदै हुल बनाएर कोरोना भाइरसलाई देवी देवताको रुपमा लिँदैै पूजाआजा गर्न व्यस्त छन् ।

नदी तलाउ र मन्दिरमा पुगेर देवीदेवताको पूजाआजा गरिए कोरोना भाइरस समाप्त हुने हल्लै हल्लाका भरमा गाउँगाउँका महिला समूह बनाएर पूजा गर्न जिल्लास्थित प्रमुख नदी तथा जलाशयस्थलमा पुगेर पूजाआजा गर्ने गरेका स्थानीयवासीले बताएका छन् । महिला नयाँ लुगा लगाइ डालामा लड्डुु, केरा, पान, सुपारी, दही, चिउरा, अगरबत्तीलगायतका पूजा सामग्री राखेर कमला नदी, बलान खोला तथा गाउँको सिमाना वा खुला ठाउँमा गई पूजाआजा गर्ने लहर चलेको छ ।

देवी देवता रिसाएकाले संसारभर कोरोना कहर बढेकाले देवीलाई खुशी पार्न गाउँ गाउँका महिला जलाशय तथा मन्दिरमा पूजा गर्न पुग्ने गरेका सिरहाको लहान नगरपालिका–१ की ललितादेवी मण्डलले बताउनुभयो । कोरोनालाई देवी मानेर पूजाआजा गरी हाम्रो गाउँ टोलमा प्रवेश नगर्नु भनी बिन्ती गरेपछि कोरोना नआउने हल्लाअनुसार नै महिलाले पूजाआजा गर्ने गरेको मण्डलको भनाइ छ ।

“एक महिला झाँक्रीले आफूलाई कोरोना सपनामा आएर मलाई पूजा गर्नु अनि म गइहाल्छु भनेको छ भन्ने हल्ला चलेको छ”, सोही ठाउँकी सोमित्रादेवी दासले भन्नुभयो, “त्यही भएर हामीहरु पनि नजिकैको बलान खोलामा पुगेर पूजा गरेका छौँ ।” बेलुका मन्दिरमा पुगेर दियोसमेत बालेको उहाँको भनाइ छ ।

यतिमात्रै होइन, कतिपय स्थानका महिलाले कोरोना भाइरसलाई (बाबा) र माता भनी सम्बोधन गर्दै महिला दैनिक पूजापाठ गर्न नदी, तलाउ तथा मन्दिरमा पुग्ने गरेकाले महिलाको भीड लाग्ने गरेको सिरहाको कर्जन्हा नगरपालिका–१ की बबिता कार्कीले बताउनुभयो । लकडाउनमा घरबाट निस्कन नहुने अवस्था रहँदा पनि त्यसलाई चुनौती दिँदै पैदलयात्रा गरी नदी तथा मन्दिरमा पुग्ने गरेका छन् ।

“हल्लाको भरमा भिड भाड गरि पुजापाठ गर्ने कार्य तत्काल रोक्नुप¥यो” नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवले भन्नुभयो, “महिलाहरु यसरी समुह बनाएर पुजाआजा गर्दा कोरोना हट्ने कुरामा न त कुनै वैज्ञानिक तथ्य छ नत कुनै आधार नै, कुनै धामी झाँकीकै हल्लाको भरमा हुल बनाएर पूजापाठ हुनु भ्रममात्र हो यसबाट कोरोना त नियन्त्रण हुँदैहुँदैन, बरु अझ फैलिने खतरा छ, त्यसैले तत्काल यस्तो कार्य रोक्नुपर्छ ।” अन्यथा स्थिति भयाबह हुन सक्ने उहाँको कथन छ ।

प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागार्इंले यस्तो अवस्थामा पनि समूह बनाएर नदी र मन्दिर पुग्ने महिलालाई सम्झाइबुझाइ गरी रोक्ने प्रयास गरिरहेको बताउनुभयो । “प्रहरी प्रशासनले रोक्ने प्रयास गरे पनि चेतनाको अभावमा महिला लुकीछिपी नदी नाला र मन्दिर पुग्ने गरेका छन्”, प्रजिअ गुरागार्इंले भन्नुभयो, “पूजापाठका नाममा हुने गरेको महिलाको भीडभाडलाई रोक्न समाजका सबै पक्षको सहयोग जरुरी छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]