१८ पुष २०८२, शनिबार
03-01-2026 , Sat
×

बालकको शव फेला, हत्याको आशंका

Logo
प्रकाशित शनिबार, जेठ २४, २०७७

न्यूजमधेश डेस्क
सप्तरी,२४ जेठ । सप्तरीमा एक जना बालकको शव फेला परेको छ । हत्या गरिएको अवस्थामा बालकको शव शुक्रबार फेला परेको छ ।

जिल्लाको महदेवा गाउँपालिका वडा नम्बर २ अकवरपुर निवासी सूर्यनाराया यादवका ४ बर्षीय छोरा सुधीरको शव हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

मृतक बालकको अनुहारमा चोट लागेको अवस्थामा घर नजिकैको पोखरीमा शव फेला परेको छ । परिवारजनका अनुसार बालक ३ दिनदेखि वेपत्ता रहेका थिए । उनी गत बैशाख २० गते साँझदेखि वेपत्ता भएको र व्याप्क खोजी गर्दा घर नजिकैको पोखरीमा मृत फेला परेको मृतकका पिता सूर्यनारायणले बताए ।

सप्तरी प्रहरीका प्रबक्ता तिलक भारतीले मृतक बालकको धरानस्थित घोपा क्याम्पमा पोष्टमार्टम गराइएको जानकारी दिए । उनले पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान शुरु गरिने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]