१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

बालकको शव फेला, हत्याको आशंका

Logo
प्रकाशित शनिबार, जेठ २४, २०७७

न्यूजमधेश डेस्क
सप्तरी,२४ जेठ । सप्तरीमा एक जना बालकको शव फेला परेको छ । हत्या गरिएको अवस्थामा बालकको शव शुक्रबार फेला परेको छ ।

जिल्लाको महदेवा गाउँपालिका वडा नम्बर २ अकवरपुर निवासी सूर्यनाराया यादवका ४ बर्षीय छोरा सुधीरको शव हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

मृतक बालकको अनुहारमा चोट लागेको अवस्थामा घर नजिकैको पोखरीमा शव फेला परेको छ । परिवारजनका अनुसार बालक ३ दिनदेखि वेपत्ता रहेका थिए । उनी गत बैशाख २० गते साँझदेखि वेपत्ता भएको र व्याप्क खोजी गर्दा घर नजिकैको पोखरीमा मृत फेला परेको मृतकका पिता सूर्यनारायणले बताए ।

सप्तरी प्रहरीका प्रबक्ता तिलक भारतीले मृतक बालकको धरानस्थित घोपा क्याम्पमा पोष्टमार्टम गराइएको जानकारी दिए । उनले पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान शुरु गरिने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]