०८ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
×

विदेशमा फसेका मधेशी कामदारलाई गैर आवासीय मधेशी संघको राहत

Logo
प्रकाशित आइतबार, जेठ २५, २०७७

जोगिन्द्र मण्डल
साउदी ,२५ जेठ ।विश्व भरि छरिएर रहेका मधेशीहरूको छाता संगठन गैर आवासीय मधेशी संघ साउदी अरब शाखाले शनिबार साउदी जुवेलमा फसेका मधेशी कामदारहरूलाई १५ दिनको राहत दोस्रो चरणमा बितरण गरेको छ।

उक्त कामदारहरूले बिगत तिन महिना देखि तलब नपाएको र कम्पनीले काममा पनि नलगेको साथै बिरामी पर्दा पनि हेरचाह नगरेको गुनासो समेत गरेका छन् ।

आफुहरूलाई कुनै पनि संघ संस्था ले सहयोग नगरेको ले अहिले सम्म बाकाला(किराना)पसल बाट उधारो खांदै आएको थियो । गैर आवासीय मधेशी संघ साउदी अरबको टिमले सो पिडित कामदारहरू लाई १५ दिनको राहत उपलब्ध गराएको छ।

उक्त राहत त्यस संस्थाको सदस्य आयुब कबारी को व्यक्तिगत सहयोग र सह -अधिकारी उपेन्द्र ,गरभु महरा र यायुब कबारी को संयुक्त रोहबरमा राहत बितरण को काम सम्पन्न भएको छ।

अध्यक्ष निर्मल मण्डल का अनुसार साउदी अरब मा हजारौ त्यस्ता कामदार हरू फसेको छ र दिनहुं सयौ फोन हामी लाई उद्दार गर्नु भनेर आउंछ। हामी सहयोगी हाथहरु खोजेर यो राहत उपलब्ध गराईरहेका छौं उहांले भन्नु भयो।

साथै प्रबासमा अहिले कोरोना को कारण कम्पनी बाट बिस्थापित हुनेहरूको संख्या बृद्धि हुदै गईरहेको छ।नेपाल सरकार र नेपाली राजदुताबास ले अझैं पिडित सम्म पुग्न सकिरहेको छैन।

अहिलेको यो बिकराल अवस्थामा गैर आवासीय मधेशी संघ हरेक देशमा समन्वय गर्ने प्रयासमा रहेको र स्वदेश फर्केका हरूको लागि स्वरोजगार योजनाको बारेमा बृहत छलफलमा रहेको छ।गैर आवासीय मधेशी संघ अंतराष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहा ले जानकारी दिनु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]