०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

विदेशमा फसेका मधेशी कामदारलाई गैर आवासीय मधेशी संघको राहत

Logo
प्रकाशित आइतबार, जेठ २५, २०७७

जोगिन्द्र मण्डल
साउदी ,२५ जेठ ।विश्व भरि छरिएर रहेका मधेशीहरूको छाता संगठन गैर आवासीय मधेशी संघ साउदी अरब शाखाले शनिबार साउदी जुवेलमा फसेका मधेशी कामदारहरूलाई १५ दिनको राहत दोस्रो चरणमा बितरण गरेको छ।

उक्त कामदारहरूले बिगत तिन महिना देखि तलब नपाएको र कम्पनीले काममा पनि नलगेको साथै बिरामी पर्दा पनि हेरचाह नगरेको गुनासो समेत गरेका छन् ।

आफुहरूलाई कुनै पनि संघ संस्था ले सहयोग नगरेको ले अहिले सम्म बाकाला(किराना)पसल बाट उधारो खांदै आएको थियो । गैर आवासीय मधेशी संघ साउदी अरबको टिमले सो पिडित कामदारहरू लाई १५ दिनको राहत उपलब्ध गराएको छ।

उक्त राहत त्यस संस्थाको सदस्य आयुब कबारी को व्यक्तिगत सहयोग र सह -अधिकारी उपेन्द्र ,गरभु महरा र यायुब कबारी को संयुक्त रोहबरमा राहत बितरण को काम सम्पन्न भएको छ।

अध्यक्ष निर्मल मण्डल का अनुसार साउदी अरब मा हजारौ त्यस्ता कामदार हरू फसेको छ र दिनहुं सयौ फोन हामी लाई उद्दार गर्नु भनेर आउंछ। हामी सहयोगी हाथहरु खोजेर यो राहत उपलब्ध गराईरहेका छौं उहांले भन्नु भयो।

साथै प्रबासमा अहिले कोरोना को कारण कम्पनी बाट बिस्थापित हुनेहरूको संख्या बृद्धि हुदै गईरहेको छ।नेपाल सरकार र नेपाली राजदुताबास ले अझैं पिडित सम्म पुग्न सकिरहेको छैन।

अहिलेको यो बिकराल अवस्थामा गैर आवासीय मधेशी संघ हरेक देशमा समन्वय गर्ने प्रयासमा रहेको र स्वदेश फर्केका हरूको लागि स्वरोजगार योजनाको बारेमा बृहत छलफलमा रहेको छ।गैर आवासीय मधेशी संघ अंतराष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहा ले जानकारी दिनु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]