२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

घर भाडा बापत ३२ हजार रकम समाजसेवी साहले छुट गरे

Logo
प्रकाशित आइतबार, जेठ २५, २०७७

कैलाश दास
जनकपुरधाम, २५ जेठ । लकडाउनमा गरीब, विपन्न तथा असहायहरुलाई राहत वितरण गरी निक्कै चर्चा कमाएका समाजसेवी धर्मेन्द्र साहले यस पटक घरभाडा वापतको रकम पनि छुट गरेको छ ।

रोना भाइरसबाट लड्नका लागि नेपाल सरकारले लगाएको लकडाउनको कारण व्यापार निक्कै घाटामा गएकोले त्यसलाई मध्यनजर गरी लगाएको तीनवटा कोठाबाट आउने भाडा ३२ हजार छुट गरेको बताएको छ ।

लकडाउनको कारण सबै क्षेत्र प्रभावित भएपनि सबभन्दा बढी व्यापारीहरुलाई नोक्सान भएको छ ।

जनकपुरधामका व्यापारीहरु ३० हजारदेखि लाखसम्म प्रति महिना व्योहोर्दै आएको थियो । तर तीन महिनादखि लगातार बन्दाबन्दीको कारण व्यापार नोक्सानमा गएको हो ।

यता व्यापारीहरुको संगठन जनकपुर उद्योग वाणिज्य संघले अहिलेसम्म व्यापारीहरुको हितमा खासै निर्णय लिएको छैन । लगातार लकडाउनको कारण जनकपुर उद्योग वाणिज्य संघ लगायत संघ संगठनहरुले व्यापारीहरुको हितमा निर्णय नलिएमा अधिकांश व्यापारीहरु पलायन हुने अवस्थामा पुगेको छ ।

लकडाउनकै अवधिमा नेपाल सरकारले कर चुक्ता गर्ने निर्देशन दिएर व्यापारीहरुलाई निक्कै पीडा दिने कार्य गरिएको व्यापारीहरुले दुःखेसो पोख्दै आएका छन् । सामाज सेवी साहले आफ्नो घरभाडा छुट गरेर उदाहरणीय कार्य गरेको स्थानीयहरु बताउँछन् । सामाजसेवी साहबाट सबैले सिख्नुपर्ने छ । मानव जाति नै अदृश रोग कोरोना महामारीको पीडामा रहेको बेलामा उनले घरभाडा नलिईकन उदारहणीय कार्य गरेको व्यापारी धिरेन्द्र झाले बताएका छन् ।

सामाजसेवी साहले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित तेली कुटीमा सञ्चालित निःशुल्क भोजनमा समेत एकदिन पर्ने सबै खर्च व्यहोरेको जनाएका छन् ।यता जनकपुर उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, जनकपुरधाम उपमहा नगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायतका निकायहरुले घरधनीसँग समन्वय गरेर कम्तिमा लकडाउन अवधिको भाडा छुट गराउने विश्वास लिएको व्यापारीहरुको भनाई रहेको छ । लकडाउनको कारण भाडा लिएर बस्दै आएका विद्यार्थीहरु, ज्यालादारी गरी खानेहरु समेत प्रभावित बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]