२० चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

घर भाडा बापत ३२ हजार रकम समाजसेवी साहले छुट गरे

Logo
प्रकाशित आइतबार, जेठ २५, २०७७

कैलाश दास
जनकपुरधाम, २५ जेठ । लकडाउनमा गरीब, विपन्न तथा असहायहरुलाई राहत वितरण गरी निक्कै चर्चा कमाएका समाजसेवी धर्मेन्द्र साहले यस पटक घरभाडा वापतको रकम पनि छुट गरेको छ ।

रोना भाइरसबाट लड्नका लागि नेपाल सरकारले लगाएको लकडाउनको कारण व्यापार निक्कै घाटामा गएकोले त्यसलाई मध्यनजर गरी लगाएको तीनवटा कोठाबाट आउने भाडा ३२ हजार छुट गरेको बताएको छ ।

लकडाउनको कारण सबै क्षेत्र प्रभावित भएपनि सबभन्दा बढी व्यापारीहरुलाई नोक्सान भएको छ ।

जनकपुरधामका व्यापारीहरु ३० हजारदेखि लाखसम्म प्रति महिना व्योहोर्दै आएको थियो । तर तीन महिनादखि लगातार बन्दाबन्दीको कारण व्यापार नोक्सानमा गएको हो ।

यता व्यापारीहरुको संगठन जनकपुर उद्योग वाणिज्य संघले अहिलेसम्म व्यापारीहरुको हितमा खासै निर्णय लिएको छैन । लगातार लकडाउनको कारण जनकपुर उद्योग वाणिज्य संघ लगायत संघ संगठनहरुले व्यापारीहरुको हितमा निर्णय नलिएमा अधिकांश व्यापारीहरु पलायन हुने अवस्थामा पुगेको छ ।

लकडाउनकै अवधिमा नेपाल सरकारले कर चुक्ता गर्ने निर्देशन दिएर व्यापारीहरुलाई निक्कै पीडा दिने कार्य गरिएको व्यापारीहरुले दुःखेसो पोख्दै आएका छन् । सामाज सेवी साहले आफ्नो घरभाडा छुट गरेर उदाहरणीय कार्य गरेको स्थानीयहरु बताउँछन् । सामाजसेवी साहबाट सबैले सिख्नुपर्ने छ । मानव जाति नै अदृश रोग कोरोना महामारीको पीडामा रहेको बेलामा उनले घरभाडा नलिईकन उदारहणीय कार्य गरेको व्यापारी धिरेन्द्र झाले बताएका छन् ।

सामाजसेवी साहले जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित तेली कुटीमा सञ्चालित निःशुल्क भोजनमा समेत एकदिन पर्ने सबै खर्च व्यहोरेको जनाएका छन् ।यता जनकपुर उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, जनकपुरधाम उपमहा नगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायतका निकायहरुले घरधनीसँग समन्वय गरेर कम्तिमा लकडाउन अवधिको भाडा छुट गराउने विश्वास लिएको व्यापारीहरुको भनाई रहेको छ । लकडाउनको कारण भाडा लिएर बस्दै आएका विद्यार्थीहरु, ज्यालादारी गरी खानेहरु समेत प्रभावित बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]