०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

सीमामा प्राण त्यागेका बिरेन्द्रको परिवारलाई अमेरिकाबाट तीन लाख सहयोग

Logo
प्रकाशित आइतबार, जेठ २५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२५ जेठ। भारतबाट घर आउने क्रममा जटही सिमामै प्राण त्यागेका धनुषाको शहीद नगरपालिका ९ निवासी बिरेन्द्र यादवको परिवारलाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । अमेरिकामा रहँदै आएका दुई जना नेपालीले यादवको परिवारका लागि तीन लाख रुपैयाँ पठाएका छन् ।

अमेरिकामा बस्दै आएका भीम कार्की र शंकर पन्तले ती रकम पठाएका हुन् । यी दुबै प्रवासी नेपाली एकता मंच अमेरिका (ओभरसिज नेपाली युनिटी फोरम) का हुन् । कार्की संस्थापक एवं वरिष्ठ नेता हुन भने पन्त महासचिव ।

अमेरिकी कानुन अनुसार ५०१ सि ३ अन्तर्गतको गैर नाफामूलक संस्थाको रुपमा दर्ता भएको उक्त संस्थाका यी दुबैले रकम पठाएका हुन् ।

रकम लिएर काठमाडौं निवासी दामोदर सुवेदीले मृतक यादवको घरमै आएर रकम हस्तान्तरण गरेका छन् ।

जलश्रोत डटकमका संचालक समेत रहेका सुवेदीले मृतक बिरेन्द्रकी पत्नी सवितालाई रकम बैंकमा जम्मा गरिएको भौचर प्रदान गरे ।

बिरेन्द्रको परिवारमाथि भएको ऋणको बोझ कम गराउने मात्र होइन्, ती दुबैले उनको छोरा छोरीलाई शिक्षामा पनि सहयोग गर्ने भएको सुवेदीले बताए । बिरेन्द्रका छोराछोरीको नाममा रु १ लाखको अक्षय कोष खड गरेर शिक्षामा सहयोग गर्ने इच्छा कार्की र पौडेलले व्यक्त गरेको सुवेदीले सुनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]