०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

सीमामा मृत्यु भएका बिरेन्द्रको परिवारलाई मलेसियाबाट पनि सहयोग

Logo
प्रकाशित आइतबार, जेठ २५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ जेठ । भारतबाट घर फर्किने क्रममा जटही सिमामै मृत्यु भएको धनुषाको शहीद नगरपालिकाका बिरेन्द्र यादवको परिवारलाई मलेसियाबाट पनि सहयोग गरेको छ।

न्यूजमधेश डट कम र मधेशकर्मी सोलिन्द्र चौधरीको पहलमा नेपाल समाज सहयोग संस्था मलेसियाद्वारा उनको परिवारलाई २५ हजार नगद मृतक यादवको परिवारलाई आईतबार हस्तान्तरण गरिएको छ ।

नेपाल सहयोगी संस्था मलेसियाबाट आफ्नो सामाजलाई सहयोग भावले संस्था विगत कै दिन देखि सहयोग गर्दै आई रहेको छ । ‘हामीहरुको हात तपाईहरु साथ, सेवा नै धर्म हो’ भन्ने लक्ष्य राखेर विगतकै समय देखि दुःखी र पीडित परिवारलाई सहयोग गर्दै आईरहेको नेपाल समाज सहियोग संस्था मलेसियाका अध्यक्ष देव नारायण मण्डलले जानकारी दिए ।

फोटो पत्रकार महासंघ प्रदेश २ का सह-सचिव परिष कुमार कर्ण , न्यूजमधेशको संचालक समितिको सदस्य मधेशकर्मी सिबेन्द्र रोहीता ,रमेश कुमार महरा ,चंद्रश्वर महतो ,शुर्ज यादव र मुकेश महराको उपस्थितिमा रहम हस्तान्तरण गरेको छ ।

यसअघि शनिबार अमेरिकामा बसोबास गर्दै आएका भीम कार्की र शंकर पन्तले रु ३ लाख रकम पठाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]