०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

सीमामा मृत्यु भएका बिरेन्द्रको परिवारलाई मलेसियाबाट पनि सहयोग

Logo
प्रकाशित आइतबार, जेठ २५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२५ जेठ । भारतबाट घर फर्किने क्रममा जटही सिमामै मृत्यु भएको धनुषाको शहीद नगरपालिकाका बिरेन्द्र यादवको परिवारलाई मलेसियाबाट पनि सहयोग गरेको छ।

न्यूजमधेश डट कम र मधेशकर्मी सोलिन्द्र चौधरीको पहलमा नेपाल समाज सहयोग संस्था मलेसियाद्वारा उनको परिवारलाई २५ हजार नगद मृतक यादवको परिवारलाई आईतबार हस्तान्तरण गरिएको छ ।

नेपाल सहयोगी संस्था मलेसियाबाट आफ्नो सामाजलाई सहयोग भावले संस्था विगत कै दिन देखि सहयोग गर्दै आई रहेको छ । ‘हामीहरुको हात तपाईहरु साथ, सेवा नै धर्म हो’ भन्ने लक्ष्य राखेर विगतकै समय देखि दुःखी र पीडित परिवारलाई सहयोग गर्दै आईरहेको नेपाल समाज सहियोग संस्था मलेसियाका अध्यक्ष देव नारायण मण्डलले जानकारी दिए ।

फोटो पत्रकार महासंघ प्रदेश २ का सह-सचिव परिष कुमार कर्ण , न्यूजमधेशको संचालक समितिको सदस्य मधेशकर्मी सिबेन्द्र रोहीता ,रमेश कुमार महरा ,चंद्रश्वर महतो ,शुर्ज यादव र मुकेश महराको उपस्थितिमा रहम हस्तान्तरण गरेको छ ।

यसअघि शनिबार अमेरिकामा बसोबास गर्दै आएका भीम कार्की र शंकर पन्तले रु ३ लाख रकम पठाइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]