२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

साह दम्पतिद्वारा २ सय ५० परिवारलाई निःशुल्क खाना

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२७ जेठ। जनकपुरधामका एक दम्पतिले लकडाउनका कारण समस्यामा परेका २ सय ५० परिवारलाई निःशुल्क खाना खुवाएका छन् ।

जनकपुरधाम उप महानगरपालिका ७ निवासी रामनारायण साह र चन्द्रकला देवीले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई खाना खुवाएका हुन् । जनकपुरधामको बिभिन्न ठाउँका विपन्नलाई दुबैले खाना खुवाए ।

रामजानकी तेली कुट्टीद्वारा जनकपुरधाममा संचालित निःशुल्क भोजन शिविर प्रारम्भ गरिएको छ । यो शिबिरमा मनकारी मनले विपन्नका लागि प्रत्येक दिन खानाको व्यवस्था गर्दै आइएको छ । सोमबार ११ औँ दिन साह दम्पतिले खानाको जोहो गरेका हुन् ।

साह दम्पतिले मनकारी मन भएका व्यक्तिलाई विपन्नका लागि सहयोग गर्न आह्वान समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]