२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

धनुषामा गोली हानी युवकको हत्या

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२८ जेठ । धनुषामा गएराति एक जना युवकको हत्या भएको छ । घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानी २५ वर्षीय अरुण मण्डलको हत्या भएको हो ।

प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहको अनुसार घटना सबैला नगरपालिका–७ को हो । ‘घर छेउमा पोखरीको डिलमा लगेर गोली हानेको देखिन्छ’, उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकृतका अनुसार चिनजानकै व्यक्तिले बोलाएपछि उनी घरबाट निस्किएका थिए । त्यसैले व्यक्तिगत रिसिइबीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

यद्यपि, आरोपित पक्राउ परेपछि मात्रै हत्याको कारणबारे खुल्नेछ । प्रहरीका अनुसार मण्डलको कन्चटमा गोली लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]