०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

प्रहरी हिरासतमै युवकले आत्महत्या गरेपछि अवस्था तनाबग्रस्त

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

सिबेन्द्र रोहिता
सबैला,२८ जेठ।धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका युवाले आत्महत्या गरेपछि यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

सवारी ज्यान मुद्दामा पक्राउ परेका नगरपालिका -१२ बरकुरवाका २२ वर्षीय शम्भु सदाले प्रहरी हिरासत भित्रै पासो लगाएर आत्महत्या गरेका छन् । उनले आत्महत्या गरेपछि जम्मा भएका स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट प्रहरी कार्यालयकाको सिसाहरु फुटेका छन् ।

अहिले सबैलाको अवस्था तनावग्रस्त बनेको छ । जिल्लाबाट थप सुरक्षाकर्मी पठाइएको धनुषा प्रहरीका प्रवक्ता रामेश्वर कार्कीले बताए । गएराति सबैला नगरपालिकामै एक जना युवककाे गाेली हानी हत्या भएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]