१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

शम्भुको हत्यारामाथि कारवाही नभएमा देशभर आन्दोलन गर्ने चेतावनी

Logo
प्रकाशित शुक्रबार, जेठ ३०, २०७७

कैलाश दास
जनकपुरधाम,३० जेठ। शम्भु सादाको हत्यारामाथि कारवाहीको माँग गर्दै धनुषाको सबैला नगरपालिमा दलित समुदायहरुले विशाल विरोध आमसभा गरेका छन् ।

आमसभालाई प्रहरीले बल प्रयोग गरी तितरवितर गर्न खोजेका थिए । तर त्यसका वावजूद पनि हजारौंकोे संख्यामा स्थानीयहरुले सबैला बजारमा विरोध प्रदर्शन गर्दै विरोधसभा गरेका छन् ।विरोधमा सहभागी वक्ताहरुले मृतक शम्भु सदाको हत्यारामाथि कारवाही नभएमा देशभरका दलित समुदयहरु आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

धनुषाको सबैलामा मुसहर संघद्वारा आयोजित ‘विरोध सभा’मा सहभागी वक्ताहरुले त्यस्तो चेतावनी दिएका हुन् । सहभागीहरुले शम्भु सादालाई षड्यन्त्र पूर्वक हत्या गरिएको हो । हिरासतमा राखेर हत्या गर्नेमाथि फासी हुनुपनेमाँग गरेका छन् ।

‘अन्याय अत्याचार विरुद्ध प्रतिकार, शम्भु सादाको हत्यारालाई फासि’ नाराका साथ शुरु भएको ‘विरोध सभा’लाई सम्बोधन गर्दै सहभागीहरुले भने, ‘रक्षकले नै भक्षक भएपछि जनताको विश्वास गुमेछ । दलित युवालाई षड्यन्त्र पूर्वक हत्या गर्नेमाथि कारवाही नभएमा विभिन्न चरणको आन्दोलन गर्ने छौं ।’

प्रहरीद्वारा हत्या आशंकामा घटनाको निष्पक्ष छानविन गरी दोषीमाथी कारबाही,पिडित परिवारलाई उचित क्षतिपुर्ति र आन्दोलनको क्रममा घाईते भएकाहरुको उपचारको माग गर्दै सबैला नगरमा विशाल विरोध प्रदर्शन गरिएको बहुजन एकता समाज नेपालका केन्द्रीय संयोजक चन्देश्वर दासले बताएका छन ।

संयोजक दासका अनुसार दलितहरुको शृंखलाबद्ध सुनियोजित हत्याको विरुद्ध ३२ डिग्रि गर्मिमा पनि मधेशी दलित समुदायले धनुषा प्रहरी,नेपाल सरकारका गृहमन्त्री र स्थानीय दलाल नेतालाई चुनौती दिदैं प्रदर्शन गरिएको हो ।

टेक्टर दुर्घटनाका कारण उत्पन्न विवादले जेठ १२ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखिएका शम्भु सदा मुसहर २७ गते राती २ बजे झुण्डिएको अबस्थामा फेला परेका थिए । प्रहरी निरिक्षक चन्द्रभुषण यादब र टेक्टर मालिक संजय साह तेलीको मिलेमतोमा हत्या गरिएको पिडित परिवारको आरोप छ ।

मृतककी आमालाई ईलाका प्रहरी कार्यालयमा गुपचुप लगेर जबरजस्ती इन्जेक्शन लगाई औठाछाप लगाउनु आदिले यो आत्महत्या नभई षड्न्त्रपूर्ण तरिकाले हत्या गरिएको आन्दोलनकारीहरुको भनाई छ ।

नेपाल राष्ट्रिय मुसहर संघले पनि बिहिबार दोषीमाथि कारवाहीको माग गर्दै धनुषामा प्रदर्शन गरेको थियो । प्रहरी दमन मुर्दावाद, दलितमाथिको हत्याहिंसा बन्द गर, सुरक्षा दिने प्रहरी चौकीनै असुरक्षित,हिरासतमै मृत्यु, हत्यारालाई कारवाही गर लगायतको नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

सयौंको संख्यामा रहेका युवाहरुले मोटरसाइकल यालीसहितको प्रदर्शन गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत,मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा,जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालय, राष्टिय मानव अधिकार आयोगको कार्यालयमा दोषीमाथी कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

विरोध सभामा सबैला नगरपालिका मेयर विजयशंकर साह, वडा अधयक्ष प्रदीप महतो, दलित अगुवा नेता रामस्वरुप सादा, पञ्चु माझी, तेजनारायण सदा, दीपनारायण दास सहितका व्यक्तिहरुले आफ्ना धारणा राखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]