२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

लकडाउन बाट प्रभावित एक सय घरपरिवारलाई जनमत पार्टीको राहत

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम , ३१ जेठ । विदेशमा रहेका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको आर्थिक सहयोगमा  लकडाउनबाट प्रभावित एक सय घरपरिवारलाई राहत वितरण गरेका छ ।

सिरहाको औरही गाउपालिका वडा नम्बर ४ इटाटारका एक सय अति विपन्न घरपरिवारलाई छाक टार्न समस्या भएको देखेपछि जनमत पार्टीका वडा कार्यसमिति सहकार्यमा राहत वितरण गरेको पार्टीका वडा संयोजक देवेन्द्र यादवले जानकारी दिएको छ ।

संयोजक यादवका अनुसार राहतमा चावल,आटा,दाल,मुर्ही,नुन,तेललगाइतका सामाग्री वितरण गरेको छ ।

सो राहत वितरण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राजकुमार यादव प्रशिक्षण विभाग प्रमुख संजय यादव औरही गाउपालिका संयोजक पंकज कुमार सिंह लगाइतका स्थानिय युवाहरुको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]