१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

बलानबिहुल गाउँपालिकाको भवन शिलान्यास कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

मनोज बनैता/रासिन्द्र यादव
सप्तरी, ३१ जेठ।सप्तरीको बलानबिहुल गाउँपालिकाले कार्यपालिका भवनको शिलान्यास गरेको छ । लामो समय देखि भौतिक संरचना बिना सकस झेल्दै आएको उक्त गाउँपालिकाले गाउँपालिका भवनको लागि बोलपत्र आह्वान गरेका थिए जसमा धनगढीमाई नगरपालिका १० स्थित नायरा कन्सट्रक्सन प्रालि. ले ठेक्का पाएका छन । गा.पा भवन निर्माण मूल्य अभिवृद्धि कर बाहेक जम्मा १ करोड १९ लाख ९७ हजार ३ सय ४२ रुपैयाँ ५० पैसामा बन्ने भएको छ ।

शिलान्यास कार्यक्रम शुक्रवार गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको अध्यक्षतामा भएको थियो । दिउसो सुचारु भएको उक्त कार्यक्रममा सम्पुर्ण वडाका अध्यक्षहरु लगायत गाउँपालिकाका स्थानीय, किसान, ब्यापारी, बुद्धिजीवी, पत्रकारलगायतको समेत उपस्थिति रहेको थियो । जिल्लाकै कान्छो गाउँपालिकाको रुपमा चिनिने बलानबिहुलमा भवनको कमीले गर्दा सेवाग्राही समस्या झेल्दै आएको कुरा त्यहीँका सब ईन्जिनियर सन्तोष रजकले बताए ।

भवन निर्माण पश्चात् काम गर्न सहज हुनुको साथ साथै सेवाग्राहीलाई पनि सेवा लिन ज्यादै सजिलो हुने बिश्वास लेखा प्रमुख सुभाष कर्णले गरेका छन।त्यसैगरी लेखा शाखाका कमलेश साहले कार्यालय बिना काम गर्न सार्है अप्ठ्यारो हुने र अनियंत्रित भिडभाड ले कर्मचारी समेतलाई दबाब भईरहेको हुँदा भवन बनाउनु निर्विकल्प भएको बताए ।

बोदे बरसाईन नगरपालिका बाट छुट्टिएर बनेका बलानबिहुल गाउँपालिकामा जम्मा ६ वडाहरु छन । नगरपालिकाबाट अलग्याउनुमा अहम भुमिका खेलेका अध्यक्ष गोई्तले नयाँ भवनको सवालमा सबैजसो प्रतिनिधिका मनोबिज्ञानलाई समेटेका छन । शिलान्यास कार्यक्रममा नेकपा नेता छ्त्र नारायण यादव, जसपा नेता रामेश्वर यादव र जसपाका अर्का नेता दिगम्बर यादव समेतले सामुहिक रुपमा ईटा राखी पुजा गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]