०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

प्रदेश नं २ सरकार दश अर्ब कम बजेट ल्याउँदै

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधा,३१ जेठ । प्रदेश नं २ सरकारले चालू आर्थिक वर्षभन्दा झण्डै १० अर्ब कम बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि करिब रु २९ अर्बको बजेट ल्याउने भएको छ ।

गत आर्थिक वर्ष २०७६÷०७७ मा सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो । जसमा चालूतर्फ रु १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पूँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार छुट्याइएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले असार १ गते आगामी आर्थिक वर्षका लागि आउने बजेटमा स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको र बजेट तर्जुमा गर्ने काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

सङ्घीय सरकारकोतर्फबाट समानीकरणतर्फ रु सात अर्ब दुई करोड, सशर्ततर्फ रु पाँच अर्ब ९४ करोड ३१ लाख, विशेष अनुदान रु ४१ करोड ५० लाख गरी रु १३ अर्ब ४० करोड ५९ लाख अनुदान प्राप्त हुने बताइएको छ । सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै यसका लागि कूल बजेटको १० प्रतिशत रकम विनियोजन गर्न लागिएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले घरजग्गा रजिष्ट्रेसन, सवारी साधन कर, मनोरञ्जन कर लगायतबाट चालू आर्थिक वर्षको अहिलेसम्म रु ११ अर्ब असुल भइसकेको बताउनुभयो । चालू आर्थिक वर्षको पूँजीगत बजेटमा अहिलेसम्म करिब पाँचदेखि सात प्रतिशत बजेट मात्र खर्च भएको छ भने अब आएर केही विकास निर्माणका काम शुरु भएकाले पूँजीगततर्फ १५ देखि अधिकतम २० प्रतिशतसम्म बजेट खर्च हुने अनुमान गरिएको छ ।

त्यसैगरी नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले सङ्घीय सरकारले रु पौने चार अर्ब अनुदान कम गरिदिएको र प्रदेश सरकारको आम्दानीको स्रोतसमेत कम भएकाले स्थानीय स्रोत पनि रु दुई अर्बसम्म कटौती हुने भएकाले अधिकतम रु ३२ अर्बसम्मको मात्र बजेट घोषणा हुने सम्भावना रहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]