१५ माघ २०८२, बिहिबार
29-01-2026 , Thu
×

प्रदेश नं २ सरकार दश अर्ब कम बजेट ल्याउँदै

Logo
प्रकाशित शनिबार, जेठ ३१, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधा,३१ जेठ । प्रदेश नं २ सरकारले चालू आर्थिक वर्षभन्दा झण्डै १० अर्ब कम बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि करिब रु २९ अर्बको बजेट ल्याउने भएको छ ।

गत आर्थिक वर्ष २०७६÷०७७ मा सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो । जसमा चालूतर्फ रु १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पूँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार छुट्याइएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले असार १ गते आगामी आर्थिक वर्षका लागि आउने बजेटमा स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको र बजेट तर्जुमा गर्ने काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

सङ्घीय सरकारकोतर्फबाट समानीकरणतर्फ रु सात अर्ब दुई करोड, सशर्ततर्फ रु पाँच अर्ब ९४ करोड ३१ लाख, विशेष अनुदान रु ४१ करोड ५० लाख गरी रु १३ अर्ब ४० करोड ५९ लाख अनुदान प्राप्त हुने बताइएको छ । सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै यसका लागि कूल बजेटको १० प्रतिशत रकम विनियोजन गर्न लागिएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले घरजग्गा रजिष्ट्रेसन, सवारी साधन कर, मनोरञ्जन कर लगायतबाट चालू आर्थिक वर्षको अहिलेसम्म रु ११ अर्ब असुल भइसकेको बताउनुभयो । चालू आर्थिक वर्षको पूँजीगत बजेटमा अहिलेसम्म करिब पाँचदेखि सात प्रतिशत बजेट मात्र खर्च भएको छ भने अब आएर केही विकास निर्माणका काम शुरु भएकाले पूँजीगततर्फ १५ देखि अधिकतम २० प्रतिशतसम्म बजेट खर्च हुने अनुमान गरिएको छ ।

त्यसैगरी नीति आयोगका उपाध्यक्ष डा भोगेन्द्र झाले सङ्घीय सरकारले रु पौने चार अर्ब अनुदान कम गरिदिएको र प्रदेश सरकारको आम्दानीको स्रोतसमेत कम भएकाले स्थानीय स्रोत पनि रु दुई अर्बसम्म कटौती हुने भएकाले अधिकतम रु ३२ अर्बसम्मको मात्र बजेट घोषणा हुने सम्भावना रहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]