१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

सिरहाका एम्बुलेन्स चालकहरु प्रति सरोकारवालाको उदासीनता

Logo
प्रकाशित आइतबार, जेठ ३२, २०७७

मनोज बनैता
सिरहा, ३२ जेठ। विश्वभरी फैलिएको कोभीड १९ महामारी ले नेपालमा पनि उग्र रुप लिएको छ । यतिबेला स्वास्थकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत एम्बुलेन्स चालकहरुको पनि सराहनिय भुमिका रहेको छ । आ-आफ्ना घरबार छोडी दिनरात संक्रमीत ओसारपसार गर्ने एम्बुलेन्सका चालकहरुको समेत ज्यान जोखिममा छ ।

दिनै पिच्छे संक्रमित संग सम्पर्कमा आईराख्ने सिरहाका एम्बुलेन्सका चालकहरुको भने अवस्था बिजोग छ । स्वास्थ सुरक्षा सामग्री, बस्ने ब्यवस्था, गुणस्तरहिन खाना आदिको कारणले चालकहरूमा त्रास देखिएको हो । चालकहरुको सुरक्षा ब्यवस्थापन फितलो भएको भन्दै सगरमाथा एम्बुलेन्स चालक एसोसिएसन सिरहा ले सरोकारवाला समक्ष गुहार लगाएका छन ।

चालक संघ लाहानका सचिव दिलिप कुमार दासले स्थानिय निकाय लगायत सरोकारवालाको ध्यान केन्द्रित गर्न आईतवार ईलाका प्रशासन लाहानमा ज्ञापन पत्र बुझाउने भएको छ । दासले भने “हामी पटक पटक सम्बन्धित निकायलाई गुहार्दापनि आउदै छ, हुँदैछ, हुन्छ भने किसिमको ढुलमुले कुरा आयो । तसर्थ हामी ज्ञापन पत्र बुझाउन लागेका हौ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]