२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

सबैला घट्ना प्रकरण ः इनसपेक्टर, वडा अध्यक्षसहितकाबिरुद्व जाहेरी दर्ता

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

न्यूजमधेश डेस्क
जनकपुराधाम ,१ असार। धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको घट्ना सम्बन्धी जाहेरी सरकारी वकीलको कार्यालयले दर्ता गरेको छ ।

इलाका प्रहरी कार्यालय सबैलाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादव, सबैला नगरपालिका वडा नम्बर २ का अध्यक्ष पारस साह, वडा नम्बर ३ का अध्यक्ष सन्तोष साह, वडा नम्बर ४ बस्ने राजकुमार यादव, वडा नम्बर २ बस्ने कारी यादव र संजय साह तथा वडा नम्बर ३ बस्ने काली प्रसाद साहबिरुद्व जाहेरी दर्ता गरिएको छ ।

यी व्यक्तिकै संलग्नतामा आफ्नो छोराको हत्या गरिएको मृतक शम्भु सदाकी आमा सियालीदेवीले जाहेरी दर्ता गराएकी हुने ।

यसअघि पटक–पटक जिल्ला प्रहरी कार्यालयमा जाँदा पनि प्रहरीले जाहेरी दर्ता गरेको थिएन् ।

जाहेरीमा प्रहरीको निगरानीमा रहेको व्यक्तिले आत्महत्या गर्न सक्ने अवस्था हुन नसक्ने भनिएको छ । प्रहरीको निगरानीमा रहने व्यक्तिले आत्महत्या गरेको भनिएपनि ती व्यक्तिको मिलोमतो र संलग्नतामा छोरा शम्भु सदाको हत्या गरी आत्महत्या गरेको देखाउन शौचालयमा लगि निजै छोराले लगाएको कपडा खोली झुण्डयाएको जाहेरीमा भनिएको छ ।

सबारी ज्यान मुद्दामा चालकको मृत्यु भएमा पीडित पक्षलाई क्षतिपूर्ती दिनुपर्देन भन्ने उद्देश्यका साथ प्रहरी निरीक्षक समेतको मिलोमतोमा आफ्नो छोराको हत्या गरिएको जिकिर जाहेरीमा गरिएको छ ।

जाहेरी दर्ता भएपछि मृतक शम्भु सदाको पोष्टमार्टम गरिदैंछ । उनको पोष्टमार्टम प्रादेशिक अस्पताल जनकपुरधाममा गर्न लागिएको म्ुसहर समुदायका अगुवा युवा पँचु सदाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]