२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

प्रदेश २ को आगामी आर्थिक बर्षको बजेट ३३ अर्ब ५६ करोड ९ लाख

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२ असार ।प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको छ । यो बजेट चालू आर्थिक बर्ष २०७६÷७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख कम हो ।

चालू आर्थिक बर्षमा प्रदेश २ सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो । जसमा चालूतर्फ रु १९ अर्ब ११ करोड, ९७ लाख ३८ हजार र पूँजीगततर्फ रु १९ अर्ब २६ करोड, ५४ लाख ६४ हजार राखिएको थियो ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आईतबार प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गरे । उनले आगामी आ.ब.को कुल रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार बजेटमध्ये चालूतर्फ रु १५ अर्ब ४२ करोड, २६ लाख, ९८ हजार रहेको बताए ।

यस्तै, पूँजीगततर्फ रु १७ अर्ब, ९७ करोड, ८२ लाख, ९१ हजार तथा वित्तिय व्यवस्थातर्फ रु १६ करोड विनियोजन गरिएको छ ।

यो बजेटमा आन्तरिक श्रोत तथा राजस्वबाट रु १२ अर्ब २४ करोड, २८ लाख ६० हजार, नेपाल सरकारबाट आउने बिभिन्न अनुदानबाट रु १३ अर्ब, ४० करोड, ५९ लाख र चालू आ.ब.को विनियोजन विधेयकबाट बचत हुने नगद मौज्दात रु ६ अर्ब ९१ करोड, २२ लाख, २९ हजार रहने मन्त्री यादवले बताए । यति गर्दा कुल बजेटमा रु १ अर्ब न्यून हुने भएकाले त्यो पूर्ती गर्न आन्तरिक ऋण परिचालन गर्ने मन्त्री यादवले बताए ।

आगामी आर्थिक बर्षमा पनि सांसद विकासीय कोष अर्थात् निर्वाचन विकास क्षेत्रलाई निरन्तरता दिइने भएको छ । यसका निम्ति रु २ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।

जनकपुरस्थित प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन रु ४५ करोड ५३ लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेश प्रहरी गठन र त्यसको भोतिक संरचना निर्माणका लागि रु ३९ करोड २५ लाख विनियोजन गरिएको छ ।

विद्यालयहरुमा विद्यार्थीको भर्ना दर तथा टिकाउ दर प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्न रु २ करोड विनियोजन गरिएको छ भने वैदेशिक रोजगारमा गएका यस प्रदेशका युवाहरु कोरोना महामारी पश्चात स्वदेश फर्केर आउने २ देखि ५ लाख युवालाई मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृषि र उद्योग क्षेत्रमा रोजगारी सृजना गरिने र एक निर्वाचन क्षेत्र, एक उद्योगको स्थापना गर्न प्रोत्साहित गरिनेछ ।

प्रदेश दलित सशक्तिकरण ऐनको कार्यान्वयनमा जोड् दिदैं यसका लागि दलित विकास समिति र जातीय भेदभाव तथा छुवाछुत नियन्त्रण उच्चस्तरीय अनुगमन समिति गठन गर्ने र समितिका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।

कोरोना महामारीको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचारको लागि आवश्यक स्वास्थ्य सामग्री खरीद तथा आपूर्ती, स्वास्थ्यकर्मीको आवश्यक व्यक्तिगत सुरक्षाका उपकरण र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सुदृढिकरण समेतका लागि रु ७० करोड २७ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, प्रादेशिक क्यान्सर अस्पताल निर्माणका लागि २ करोड, ट्रमा सेन्टरका लागि २ करोड र सरुवा रोग तथा महामारी रोग नियन्त्रणका लागि रु १ करोड बजेट छुट्टयाइएको छ ।

सप्तरीको भारदह अस्पताललाई स्तरोन्नती गरी सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्न रु ६ करोड ७९ लाख र पर्साको पोखरीया अस्पताललाई रु ४ करोड ४ लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेशमा स्थानीय निकायको सहकार्यमा सर्पदशं उपचारका लागि एन्टि भेनम उत्पादन गर्न अध्ययन अनुसन्धान केन्द्रको स्थापना र संचालनका लागि रु ५ करोड ५४ लाख बजेट छुट्टयाइएको छ ।

कोरोना महामारीका कारणबाट दैनिक ज्याला मजदूरी गर्न नपाएका विपन्न एवं गरीब मजदूर तथा बाढी, हाबाहुरी, आगलागी जस्ता बिभिन्न प्राकृतिक र मानवीय प्रकोपबाट प्रभावित जनताका लागि राहत स्वरुप नगद, खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा लगायत अन्य दैनिक गुजाराको सामग्रीको व्यवस्थ ागर्न भौतिक तथा सामाजिक पूर्वाधारको निर्माण, कृषि सडक, नदी नियन्त्रणका लागि तटबन्ध निर्माण जस्ता काममा आधारित राहत कार्यक्रम संचालन गरिनेछ । साथै उद्धार र पुर्नउत्थान कार्यका लागि प्रत्येक जिल्लाको विपद व्यवस्थापन समिति मार्फत् कार्यान्वयन हुने गरी रु ५ करोड ८० लाख विनियोजन गरेको छ ।

गत बर्ष सम्पन्न योजनाका लागि ८६ करोड ८५ लाख

आगामी आर्थिक बर्षको बजेटमा गत बर्ष सम्पन्न भएका योजनाको भुक्तानी पनि समावेश गरिएको छ । त्यसका लागि रु ८६ करोड ८५ लाख छुट्टयाएको छ ।

भविष्यमा यस्तो प्रकृतिको भुक्तानीका लागि नजिर नबस्ने गरी उक्त बाँकी रकम सम्बन्धित मन्त्रालय, डिभिजन र कार्यालयहरुको मागको आधारमा प्रचलित कानून अनुसार भुक्तानी गर्नका लागि बिभिन्न बिषयगत मन्त्रालयहरुको आगामी आर्थिक बर्षको बार्षिक कार्यक्रममा यो रकम छुट्टयाइएको हो ।

यो रकम नदिएको भन्दै सांसदले नीति तथा कार्यक्रम नै पारित हुन नदिने बताएपछि रातारात बजेटमा यो रकम थप्ने काम प्रदेश सरकारले गराएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]