०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

नेपाली झण्डा जलाउने व्यक्तिको पुत्ला दहन

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,६ असार । भारतमा नेपाली झण्डा जलाउने व्यक्तिको सप्तरी सदरमुकाम राजविराजमा पुत्ला जलाइएको छ । नेपाली झण्डा जलाउने भारतीय ओबिसी पार्टीको झण्डा समेत युवाहरुले जलाएका छन् ।

नेपाली झण्डा जलाएको आक्रोशमा युवाहरुले झण्डा जलाउने सलीम अन्सारी र इसरार अहमदको पुत्ला जलाएका हुन् । युवाहरुले यी दुबैको पार्टी ओबिसीको झण्डा पनि जलाएका छन् ।

राजविराजको जनआन्दोलन चोकमा भेला भएका युवाले अन्सारी र अहमदको पुत्ला जलाउँदै उक्त पार्टीको झण्डा जलाएका हुन् ।

नेपालको झण्डा बोकेका युवाहरुले नेपाल आमा जिन्दावाद, नेपालको झण्डा जलाउने मुर्दावाद भन्ने नारा लगाएका थिए ।

दुई देशको सीमा विवाद आफ्नो ठाउँमा भएपनि पुत्ला र पार्टीको झण्डा जलाउने कार्य राम्रो नभएकाले हामीले ती व्यक्तिको पुत्ला जलाएको युवाहरुले बताएका छन् ।

नेपाल नरसिंह हिन्दू सेना नेपालद्वारा पुत्ला जलाइएको हो । सेनाका राहुल राज साहले भने, “हाम्रो भावना हाम्रो देशको झण्डा हो । हाम्रो भावनामाथि कसैले खेलबाड नगरोस् ।”

हामी भारतको झण्डा जलाउँदैनौं तर, जुसले हाम्रो झण्डा जलाएका छन् हामी त्यसको झण्डा जलाउँछौं उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]