२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

अंगीकृत नागरिकता सम्बन्धी नेकपाको निर्णय विभेदकारी : प्रमुख सचेतक अरगरिया

Logo
प्रकाशित आइतबार, आषाढ ०७, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, ७ असार । जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विवाह गरेर आउने महिलालाई सात बर्षपछि नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको निर्णयप्रति पुर्नविचार गर्न ध्यानाकर्षण गराएका छन् ।
सचेतक अरगरियाले आईतबार बिज्ञप्ती जारी गर्दै नेकपाको यो निर्णय विवेकहिन, सम्प्रदायिक र विभेदकारी रहेको बताएका छन् ।

नागरिकता प्राप्ति गर्ने प्रकृयामा पुरुष र महिला अर्थात बुहारी र ज्वाइँबीच असमानता र विभेद गरिनुहुन्न’ अरगरियाले भनेका छन्, “यो ऐन मुख्यतः मधेसी समुदाय प्रति लक्षित गरिएको भएतापनि यसले लैङ्कि असमानता र जातीय विभेदलाई नै निरन्तरता दिने कार्य गरेको छ ।”

यसबाट राज्यबिहिनताको स्थिति सृजना भई राष्ट्रिय एकताको भावनालाई पनि कमजोर पार्ने जनाउँदै अरगरियाले वैवाहिक अङगीकृत नागरिकताको सम्बन्धमा पहिलाकै संविधानहरु र नागरिकता ऐनमा भएको ब्यवस्था नै उपयुक्त हुने बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]