०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

नागरिकता विधेयकको विरोधमा ढल्केवरमा प्रदर्शन

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,९ असार। नागरिकता ऐन संसोधन विधेयकको विरोधमा ढल्केवरमा प्रदर्शन गरिएको छ ।

जनमत पार्टीले विधेयकप्रति असहमति जनाउँदै मंगलबार ढल्केवरमा प्रदर्शन गर्दै कोणसभा समेत गरेको हो ।

ढल्केवरको पार्कवाट सुरु भएको विरोध प्रदर्शन नगरका कुशवहा चौक,कृषि बजार लगाइत विभिन्न स्थान परिक्रमा गर्दै पुर्न : ढल्केवरको पार्क पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुले ‘मधेशी विरुद्ध नागरिकता विधेयक खारेज गर’, ‘केपी ओली सरकार राजनीमा देऊ’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा जनमत पार्टी धनुषाका ईन्चार्ज अनिता साह,दलित जनमत संघका नेता रघुबिर दास,पार्टीका युवा नेता ओम बिक्रम कुशवहा,राजेश साह लगायतको सहभागिता रहेको थियो ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले मधेशका विभिन्न जिल्लाहरुमा पनि नागरिकता विधेयकविरुद्ध प्रदर्शन गरेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]