२८ कार्तिक २०८२, शुक्रबार
14-11-2025 , Fri
×

‘बजेट सामानुपातिक र सन्तुलित छ’

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

न्यूजमधेश सम्बादाता
विराटनगर ,११ असार ।प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समानुपातिक प्रणालीको आधारमा बजेट विनियोजन भएको बताउनुभएको छ ।

प्रदेश सभाको आजको बैठकमा विनियोजन विधेयक–२०७७ अन्तर्गत सामाजिक विकास मन्त्रालयको विभिन्न शीर्षकमाथि प्रदेश सभा सदस्यले उठाउनुभएको प्रश्न तथा जिज्ञासाको जवाफ दिदैं उहाँले बदलिँदो परिस्थिति, नयाँ आकांक्षा र आवश्यकताको आधारमा सरकारले सन्तुलित बजेट ल्याएको बताउनुभयो ।

मन्त्री घिमिरेले बालबालिकालाई पोषण कार्यक्रम, आङ खस्ने महिलालाई उपचारको व्यवस्था, लैङ्गिग हिंसा न्यूनीकरण, अपाङ्गगता भएका र दलित तथा विद्यालय सुधार जस्ता कार्यक्रममा बजेट विनियोजन भएको उल्लेख गर्दै मेची अस्पताललाई प्राथमिकतामा राखेर यसको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन भएको जानकारी दिनुभयो ।

“विकासको मूल प्रवाहीकरणबाट पछाडि परेका विभिन्न जातजाति, वर्ग, लिङ्ग र समुदायको सशक्तिकरण तथा उत्थानका लागि बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “प्रदेशका १३७ वटै स्थानीय तहमा खेल मैदानका लागि बजेट व्यवस्था भएको छ भने विराटनगरमा सरकारी कर्मचारीलाई लक्षित गरी शिशु स्याहार केन्द्र निर्माण गरिने छ ।”

मन्त्री घिमिरेले धनकुटामा शिक्षण अस्पताल निर्माण गर्न सरकार पछि हटेको छैन भन्दै सबै अस्पतालमा शव परीक्षण गर्ने व्यवस्थासहित बजेट विनियोजन भएको जानकारी दिनुभयो । उहाँले बजेटको क्षमता र सीमामा रही सबै वर्ग र तहका मानिसलाई लाभ पु¥याउन ‘छोरी बीमा कार्यक्रम’ बजेटमा समावेश भएको छ भन्नुभयो ।

यसैगरी विनियोजन विधेयक–२०७७ अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको विभिन्न शीर्षकमाथि एंव बैठकको शून्य तथा विशेष समयमा सदस्यले उठाउनुभएको प्रश्न तथा जिज्ञासाको जवाफ दिदैं भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले यो प्रदेशमा किसानलाई आवश्यक पर्ने रासायनिक मलको अभाव नरहेको स्पष्ट पार्नुभयो ।

किसानलाई सहुलियत बीउविजन उपलब्ध हुने र कृषिमा दिइने अनुदानले साना किसान लाभान्वित हुनेमा जोड दिदैं उहाँले नेपालबाट भारततर्फ निकासी हुने चिया, अलैँची र अदुवामा कुनै समस्या नदेखिएको र पूर्वी नाका मात्र नभएर निकासीका लागि अन्य नाका पनि प्रयोग गर्न व्यापारीहरुलाई आग्रह गर्नुभयो ।

राज्यमन्त्री मगरले किसानको मकै खेतमा लागेका फौजी कीरा धपाउन एउटा कार्यदल बनाएर त्यसको व्यवस्थापन गरेको पनि जानकारी दिनुभयो ।

छलफलमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, मोहनकुमार खड्का, राजकुमार ओझा, शिवनारायण गनगाँई र सावित्रा जोशीले साना र वास्तविक किसानलाई मात्र लाभ हुने गरी अनुदान दिन आग्रह गर्नुभयो । उहाँहरुले विदेशबाट फर्किने युवालाई कृषिमा समाहित गराउन बिनाधितो रु १० लाख क्रृण दिनुपर्ने माग गर्दै कृषि विकास बैंकले कम्तिमा कृषि क्षेत्रमा ५० प्रतिशत लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँहरुले किसानलाई समयमै मलखाद र बीउविजनको उलब्धतातर्फ मन्त्रालय गम्भीर हुनुपर्ने भन्दै साना तहका सबै किसानलाई सहुलियत क्रृण एवं अनुदानको सुनिश्चिता गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी बैठकको शून्य समयमा सदस्य उत्तमकुमार बस्नेत, कला घले, लोकप्रसाद सङ्ग्रौला र हिमाल कार्कीले समसामयिक विषयवस्तुमाथि बोल्नुभयो ।

प्रदेशसभाको अर्को बैठक शुक्रबार मध्याह्न १२ बजे बस्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]