१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

बलात्कारको मुद्दा मिलाउन ५० हजार घुस, इन्सपेक्टर र वकिल पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

न्यूजमधेश सम्बादाता
कैलाली ,११ असार ।कैलालीमा एकजना प्रहरी निरीक्षक र एक जना कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्‍चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई बिहीबार पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले कानुन व्यवसायी विष्टको फर्ममा छापा हानेको थियो।

उनीहरु दुवैजनालाई ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार कञ्‍चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए। जवरजस्तीकरणी र सार्वजनिक हितविरुद्धको दुई मुद्दा मिलाइदिन्छु भन्दै उनीहरुले ५० हजार घुस लिएको खुलेको सूचना अधिकारी विष्टले बताए।

उनका अनुसार कानुन व्यवसायी विष्टले बिचौलियाको भूमिका खेलेका थिए। त्यही क्रममा घुस रकम बुझ्‍न प्रहरी निरीक्षक विष्ट कानुन व्यवसायीको फर्ममा आएको समयमा पक्राउ परेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]