३१ आषाढ २०८२, बुधबार
16-07-2025 , Wed
×

बलात्कारको मुद्दा मिलाउन ५० हजार घुस, इन्सपेक्टर र वकिल पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

न्यूजमधेश सम्बादाता
कैलाली ,११ असार ।कैलालीमा एकजना प्रहरी निरीक्षक र एक जना कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्‍चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई बिहीबार पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले कानुन व्यवसायी विष्टको फर्ममा छापा हानेको थियो।

उनीहरु दुवैजनालाई ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार कञ्‍चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए। जवरजस्तीकरणी र सार्वजनिक हितविरुद्धको दुई मुद्दा मिलाइदिन्छु भन्दै उनीहरुले ५० हजार घुस लिएको खुलेको सूचना अधिकारी विष्टले बताए।

उनका अनुसार कानुन व्यवसायी विष्टले बिचौलियाको भूमिका खेलेका थिए। त्यही क्रममा घुस रकम बुझ्‍न प्रहरी निरीक्षक विष्ट कानुन व्यवसायीको फर्ममा आएको समयमा पक्राउ परेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]