१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

गाउँलेले कोरोना भगाउन पशुबली दिए, अगुवा भन्छन्– अन्धविश्वास

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,११ असार। तराई–मधेशको पौराणिक वाद्यवादन ढोल, पिपही घन्किरहेको छ । खाली चौरमा चारैतिर मान्छेको भिड छ । महिला, बालबालिका, बृद्वबृद्वा, युवा सबै मग्न छन् ।

चारैतिर घेरा बनाइएको भिडबीचमा पूजा सामग्री राखिएको छ । त्यहीं आगो बालेर पकाइएको खीर केराको पातमा राखिएको छ । ती खीरमाथि लड्डू, केरा र सुपारी सजाइएको छ ।

मिथिला क्षेत्रका हस्तकलाका सामग्री डलिया, मौनी पनि पूजास्थलमा सजाएर राखिएको छ । धूपले वातावरण सुगन्धित बनेको छ ।

घेराभित्र केही महिला–पुरुष पूजापाठमा व्यस्त छन् । आधाघण्टा जति पूजापाठ गरेपछि उनीहरु नाच्न थाल्छन् । अब देऊता आएको विश्वास गरेको भिड शान्त बन्छ । शान्त भिडमा अब कौतुहलता भरिएको देखिन्छ ।

त्यहीबीचमा ढोल र पिपहीको आवाज चर्किन्छ । पूजामा सरिक महिलाहरु आफ्नो बाँधिएको केश फुकाउँदै, ‘है, हौ, पापी भाग…’ भन्दै अझ जोडले नाच्न थाल्छन् ।

धनुषाको शहीद नगरपालिका– ८ बिसरभोराको यो दृश्यले ठूलै पूजा आयोजना भएको जनाउँछ । मधेशका जिल्लामा बाह्रै महिना सामूहिक पूजापाठ भइरहने भएपनि बिसरभोरामा भइरहेको पूजा पृथक थियो ।

खासमा यो कोरोना भाइरस भगाउन भन्दै आयोजना गरिएको पूजापाठ थियो । हातमा लाठी लिएका पुरुष नाच्दै सोध्थे– ‘यो भाइरस कसलाई भन्छ ?’

भिडबाट केही व्यक्ति उत्तर दिन्थे– ‘अर्कै दुनियाँको हो रे ! यसले मान्छे मार्छ ।”

नृत्यरत पुरुषले लाठी उचाल्दै ‘भाइरस, ताइरस भाग्…’ भनेपछि भिड आश्वस्त भएको आभास हुन्थ्यो ।

कोरोना भगाउने धामीको भूमिकामा गाउँकै भोला तेथबार यादव, विश्वनाथ कुर्मी, मंगलीदेवी दास, कैलाश देवी महरा र सुमिन्त्रादेवी दास थिए ।

कोरोना महामारी लम्बिदै जाँदा मधेशका जिल्लाहरुमा पूजापाठ हुन थालेको छ । बिसरभोरामा ‘कोरोना भगाउने पूजा’का लागि प्रत्येक घरबाट १०० रुपैयाँ चन्दा संकलन गरिएको थियो ।

बिसरभोरामा कोरोनाको नाममा पशुवली समेत दिइयो । एउटा बोका, दुईवटा पाठी र चारवटा परेवा वली दिइएको स्थानीय उपेन्द्र यादवले बताए ।

उनका अनुसार, गाउँका केही अगुवाहरुले यसलाई अन्धविश्वास भन्दै विरोध गरेका छन् ।-अनलाईनखबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]