०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

जिप्रका लगाइत सबै स्थानीय तहमा जनमत पार्टीले बुझाए ज्ञापनपत्र

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

कमल कुमार मण्डल
राजविराज,११ असार ।जनमत पार्टीका नेता तथा कार्यक्रताहरुद्धारा सप्तरीको विभिन्न स्थानिय तहमा विहिवार ज्ञापन पत्र बुझाइएको छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयकविरुद्ध गत मंगलवार घोषणा गरिएको आन्दोलनलाई निरन्तरता दिदै आज (विहिवार) प्रत्येक स्थानिय तह तथा जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापन पत्र बुझाइएको जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले बताए ।

नेपाल सरकारद्धारा कोरोना भाइरस (कोभिड-19) को महामारीले बन्दाबन्दी रहेको मौका छोपेर गैर जिम्मेवार, असंवेदलशील र षडयन्त्रकारी प्रवृति देखाउदै राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नागरिकता ऐन संशोधन विधेयक मधेशी, आदिवासी, जनजाती, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पिडित वर्गका जनताहरुको हितमा नरहेकोले उक्त विधेयक संसदबाट पास हुने वितिकै कानुन बन्दै र सो कानुन बनिसकेपछि मधेशी, आदिवासी, जनजाती, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पिडित वर्गहरु अनागरिकको जिवन जिउन बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

दशकौंदेखि समान अधिारका लागि भएका आन्दोलनहरु त्था ०६२/०६३ सालामा भएको मधेश आन्दोलनको जगमाथि स्थापित नागरिकता सम्बन्धि अधिकारलाई खोस्ने र मधेशी, आदिवासी, जनजाती, दलित, मुस्लिम, अल्पसंख्यकसहितका उत्पिडित वर्गलाई अनागरिक बनाउने लक्षित रहेको बताउदै, उक्त कार्य तत्काल रोक्न जनमत पार्टीले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उक्त कार्य नरोकि पार्टी कठोर भन्दा कठोर आन्दोलन गर्ने बाध्य हुने पत्रमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]