२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

नागरिकता विधेयक खारेजको माग गर्दै मधेशभर प्रदर्शन

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१२ असार।विदेशबाट विवाह गरेर आउने महिलालाई सात वर्षपछि नागरिकता दिने विधेयकविरुद्ध मधेशका विभिन्न जिल्लामा निरन्तर विरोध प्रदर्शन जारी रहेको छ।

शुक्रबार पनि जनमत पार्टीका नेता तथा कार्यकर्ताले मधेशका विभिन्न जिल्लाकामा सरकारले जारी गरेको नागरिकता विधेयकको विरुद्धमा प्रदर्शन गरेको छ।सडकमै प्लेकार्ड लिएर नेता नारा जुलुस सहित कोण सभामा परिन्त गरेको छ।

यसैबीच रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१२ मा प्रदर्शनसहित नागरिकता विधेयकको प्रतिलिपीसमेत जलाएको पार्टीका केन्द्रिय सदस्य भोपेन्द्र यादवले जानकारी दिएको छ।

नेता यादवले भने अहिले कोरोना भाइरसबाट जोगिनको लागि सरकारले लकडाउन गरेको सर्ववितिकै छ।तर लकडाउनकै मोका छोपी गलत क्रियाकलाप गर्न नेकपा सरकार अगाडि बढिरहेको भन्दै जनताको ज्यान बचाउन तर्फ ध्यान नदिएर नागरिकता विधेयक ल्याएको प्रती घोर विरोध गरेको छ।

यता जनमत पार्टी धनुषाले नागरिकता विधेयक खारिज गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलयमा आज ज्ञापनपत्रसमेत बुझाएको छ।

जनमत पार्टी धनुषाका इन्चार्ज अनिता साह,युवा नेता बिजय साह ,वरिष्ठ नेतृत्व पुंजका केन्द्रिय सदस्य इन्द्रेश झा,दलित जनमत संघका नेता रघुबिर दाससहितका टोलिमा जिल्ला प्रशासन कार्यलय धनुषामा ज्ञापनपत्र दिएको छ।

नागरिकता विधेयक फिर्ता नलिएमा कडाभन्दा कडा आन्दोलनमा गर्ने जनमत पार्टी धनुषा इन्चार्ज अनिता साहले चेतावनी दिएका छिन।

त्यसैगरी धनुषाको जनकनन्दनी गाउपालिका वडा ४ खजुरिमा पार्टीका युवा नेता नन्दकिशोर साहको अध्यक्षतामा नागरिकता विधेयकको विरुद्धमा दलिय सहमति मुर्दाबाद ,मधेश विरोधी नागरिकता विधेयक खारेजीको माग गर्दै चन्हा चौक देखि सुरु गरेको सरकार विरुद्ध प्रदर्शन मिलन चौक हुँदै कोणसभामा परिन्त गरेर नागरिकता विधेयकको प्रतिलिपी जलाएर पार्टीका नेताहरुले आफ्नो मन्तव्य समेत राखेको वडा संयोजक अभिनाश पण्डितले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]