१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

निर्माण गरिएको एकसाता नबित्दै नाला भत्कियो

Logo
प्रकाशित शनिबार, आषाढ १३, २०७७

न्यूजमधेश सम्बादाता
वीरगञ्ज, १३ असार  । कलैया उपमहानगरपालिका–२ मा निर्माण गरिएको नाला एकसाता नबित्दै भत्किएको छ ।स्थानीयवासीले ठेकेदार कम्पनीले कमसल निर्माण सामग्रीको प्रयोग गरेको आरोप लगाएका छन् ।

शहरी विकास मन्त्रालयले बोलपत्र आह्वान गरी शहरी विकास कार्यालय वीरगञ्जले ठेक्का सम्झौता गरेको जनाइएको छ।उनीहरुले कार्यालयका कर्मचारी तथा ठेकेदार कम्पनीको मिलेमतोमा कमसल निर्माण सामग्रीको प्रयोग हुँदा नाला भत्किएको जनाएका छन् ।

कलैया उपमहानगरपालिकाभित्र सडक स्तरोन्नति तथा मर्मत गर्न आशिष ओंम साई कन्ट्रक्सन जेभीले २०७६ वैशाख १६ गते ठेक्का पाएको थियो । सो आयोजनाको कुल लागत रु ४८ करोड २२ लाख ५७ हजार ६८९ रहेको छ ।

सडक विस्तार कार्यलाई चार भागमा विभाजन गरी ठेकेदार कम्पनी जेभिले कलैया उपमहानगरपालिका–२ को दोहोरी स्कुलदेखि पकडी गाउँसम्म निर्माण गरिरहेको नालामा कमसल सामग्री प्रयोग गरी बनाएकाले नाला चुहिने गरेको स्थानीय उपेन्द्र यादवले बताउनुभयो।

उहाँले ८७ सेन्टि मिटर अग्लो नाला भत्किदा नालाको पानी स्थानीयको घर खेतमा पसेको जानकारी दिनुभयो । कार्यालयका इञ्जिनियर धिरेन्द्र यादवले निर्माणको अनुगमन गरिने र भत्किएको भए पुन निर्माण गर्न लगाउने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]