२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

लकडाउन अवधिको पचास प्रतिशत भाडा मिनाहा

Logo
प्रकाशित आइतबार, आषाढ १४, २०७७

न्यूजमधेश सम्बादाता
कैलाली, १४ असार ।धनगढी उपमहानगरपालिकाले पूर्ण लकडाउनका तीन महिनाको भाडामा ५० प्रतिशत मिनाहा गरेको छ ।

आज उपमहानगरपालिकाले आफ्ना सपिङ कम्प्लेक्सको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । लकडाउनका कारण व्यवसाय ठप्प भएको भन्दै उपमहानगरपालिकाले गत चैत ११ देखि यही असार १ गतेसम्मको भाडा छुट गरेको नगरप्रमुख नृपबहादुर वडले बताउनुभयो ।

कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले उपमहानगरपालिकाले सराहनीय निर्णय गरेको उल्लेख गर्नुभयो । उपमहानगरपालिकाले आफ्ना सपिङ कम्प्लेक्स व्यापारीलाई भाडामा दिएको छ ।

कोरोना संवेदनशीलताका बारेमा व्यवसायीसँग छलफल

कोरोना संवेदनशीलतालगायतका विषयमा धनगढीका व्यावसायिक सङ्घसंस्थाका प्रतिनिधिसँग छलफल गरिएको छ । उपमहानगरपालिकाका प्रमुख वडले आज यहाँ कैलाली उद्योग वाणिज्य सङ्घ, औषधि व्यवसायी सङ्घ, तरकारी व्यवसायी सङ्घ, किराना व्यवसायी सङ्घ र मदिरा व्यवसायी सङ्घका प्रतिनिधिसँग छलफल तथा सुझाव दिने काम गर्नुभयो ।

सरकारले लकडाउन खुकुलो बनाउँदा जोखिम बढेको भन्ने गुनासो आउन थालेपछि व्यवसायीसँग छलफल शुरु गरिएको बताइएको छ । नगरप्रमुख वडले व्यवसायीसँग पसलका अगाडि डोरी, रिङ वा चुनाको रेखा राखेर ग्राहकको भौतिक दूरी कायम हुने वातावरण बनाउन आग्रह गरेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]