१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

चन्द समूहका छ जना पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ १४, २०७७

न्यूजमधेश सम्बादाता
अत्तरिया, १४ असार। कैलालीमा नेत्रविक्रम चन्द समूहका प्रमुखसहित छ जना पक्राउ परेका छन् । सो समूहका प्रमुख दलबहादुर विकसहित धनगढी नगर इञ्चार्ज र विद्यार्थी नेता पक्राउ परेका हुन् ।

सो समूहका जिल्ला सदस्य बबरजंग सिंह, विद्यार्थीका जिल्ला अध्यक्ष सुवास जोशी, सदस्य डम्बर सुनार र लक्की शाह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताउनुभयो । शङ्कास्पद गतिविधिमा संलग्न भएको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता विष्टले बताउनुभयो ।

पक्राउ परेका प्रमुख विक हातहतियार तथा खरखजाना मुद्दामा फरार रहेका अभियुक्तसमेत रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]