२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

प्रादेशिक सडक योजना प्राथमिकतामा

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

न्यूजमधेश डेस्क
विराटनगर, १५ असार ।प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्विर बाबु गुरुङले सरकारले बहुवर्षीय सडक योजना, मुख्यमन्त्री ग्रामीण सडक र प्रादेशिक सडक योजनालाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफमा उहाँले खानेपानी र सिँचाइको योजना छनोट गर्दा प्रदेशसभा सदस्यकै मागअनुसार गरेको प्रष्ट पार्नुभयो ।

राज्यमन्त्री गुरुङले बोलपत्र आह्वानबाट ठेक्का लागेका योजना कुनै पनि नकाटिएको र यदि त्यसो भएको भए समाधान हुने भन्दै बजेट न्यायोचित ढङ्गले वितरण गरेको जिकिर गर्नुभयो । बहुवर्षीय सडक भूगोल र क्षेत्रका आधारमा फरकफरक भएकाले सोहीअनुसार बजेट विनियोजन भएको जानकारी दिँदै राज्यमन्त्री गुरुङले आगामी दिनमो यस्ता योजनाको मापदण्ड निर्धारण गरिने धारणा राख्नुभयो ।

उहाँले नयाँ योजना कुनै पनि नराखेको र योजनाको प्रस्ताव एवं छनोट एकद्वार प्रणालीबाट गरेको जानकारी दिनुभयो । प्रदेशसभा नियमावली, २०७४ को नियम ११८(७) बमोजिम विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल शुरु भयो । छलफलमा प्रदेशसभा सदस्यले मन्त्रालयले विनियोजन गरेको बजेट न्यायोचित नरहेको र प्रदेशका महत्वपूर्ण पर्यटकीय क्षेत्रको विकास एवं सम्वद्र्धनमा ध्यान नदिएको धारणा राख्नुभयो ।

उहाँहरुले सुनसरी, मोरङ, झापामा धार्मिक एवं पर्यटकीयस्थलको विकासका लागि धेरै योजना पर्नु र पहाडी जिल्लामा सम्भावित स्थानका बारेमा बजेट नपर्नुमा मन्त्रालयको ध्यानाकर्षण गराउँदै सदस्यहरुले सकिन्छ भने कमीकमजोरीलाई सच्याउन आग्रह गर्नुभयो ।

छलफलमा सदस्यहरु उपेन्द्रप्रसाद घिमिरे, उषाकला राई, कुलप्रसाद साम्बा, केदार कार्की, खिनु लङ्वा लिम्बू, प्रतापप्रकाश हाङ्गाम, राजकुमार ओझा, बलबहादुर साम्सुहाङ, लक्ष्मण तिवारीले आआफ्नो धारणा राख्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]