१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

अब प्रदेश २ को स्थानीय तहका पदाधिकारीले पाउनेछन् यस्तो सुविधा

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

न्यूजमधेश डेक्स 
जनकपुरधाम ,१५ असार । प्रदेश २ का स्थानीय तहका जनप्रतिनिधीले बिभिन्न सुविधाको नाममा रकम पाउने भएका छन् ।

प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधीले यसअघि तलव नै भनेर पाउँदै आएकोमा गत कात्तिक १ गते यसलाई असंवैधानिक भन्दै सर्वाेच्चले दिन रोक लगाएको थियो ।

यसको लामो समयपछि चुप सेको प्रदेश सरकारले शनिबार मात्रै स्थानीय तहका पदाधिकारी र सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न विधेयक प्रदेश सभामा पेश गरेको छ ।

सिधै तलव नभनिएपनि सबारी मर्मत सम्भार, यातायात खर्च, पत्रपत्रिका इन्टरनेट, टेलिफोन, मोवाइल रिचार्ज, अतिथी सत्कार र दैनिक भ्रमण भत्ताको नाममा उनीहरुका लागि रकम छुट्टयाइएको छ । अधिकांस रकम मासिक रुपमा पाउने जनप्रतिनिधीले इन्धन, मोविल, अनुगमन भत्ता, चाडपर्व खर्च, पोशाक भत्ता भने छुट्टै पाउने भएका छन् ।

यो विधेयकमा बिभिन्न सुविधाबाहेक गाउँपालिका अध्यक्षले २६ हजार, उपाध्यक्षले ३५ हजार ६ सय (यातायात वापत रु १२ हजार सहित), वडा अध्यक्षले १० हजार यातायातसहित २४ हजार ५ सय, कार्यपालिका सदस्यले ४ हजार यातायातसहित १० हजार र सभा सदस्यले १५ सय यातायातसहित ७ हजार मासिक रुपमा पाउने उल्लेख गरिएको छ ।

नगरपालिका प्रमुखले ३० हजार, उप प्रमुखले यातायात वापतको १५ हजारसहित ४२ हजार ३ सय, वडा अध्यक्षले १० हजार यातायात वापतको १० हजारसहित २५ हजार १ सय, कार्यपालिका सदस्यले यातायात वापतको ४ हजारसहित १० हजार १ सय र सभा सदस्यले १५ सय यातायातसहित ७ हजार १ सय पाउने विधेयकमा प्रस्ताव गरिएको छ ।

उप महानगरपालिका प्रमुखले ३५ हजार ५ सय पाउने छन् । उप प्रमुखले यातायात वापत १५ हजारसहित ४५ हजार, वडा अध्यक्षले १३ हजार यातायातसहित २८ हजार ६ सय, कार्यपालिका सदस्यले ४ हजार यातायातसहित १० हजार ६ सय र सभा सदस्यले १५ सय यातायातसहित ७ हजार १ सय पाउने प्रस्ताव गरिएको छ ।

महानगरपालिकाका प्रमुखले ३५ हजार ५ सय तथा उप प्रमुखले १५ हजार यातायाातसहित ५० हजार पाउने प्रस्ताव विधेयकमा गरिएको छ ।

वडा अध्यक्षले १३ हजार यातायातसहित ३० हजार ६ सय, कार्यपालिका सदस्यले ६५ सय यातायातसहित १३ हजार ६ सय र सभभा सदस्यले १५ सय यातायातसहित ७ हजार १ सय पाउने भएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुखले ३५ हजार ५ सय, उप प्रमुखले १५ हजार यातायातसहित ५० हजार ५ सय र सदस्यले ५ हजार यातायातसहित १२ हजार ६ सय पाउने प्रस्ताव विधेयकमा गरिएको छ ।

स्थानीय तहका पदाधिकारीले केहि शिर्षकका सुविधा भने समान रुपमा पाउने भएका छन् । चाडपर्व खर्च सबैले समान १५ हजारका दरले, पोशाक भत्ता १० हजारका दरले पाउने छन् । यो दुई सुविधा बार्षिक रुपमा दिइने विधेयकमा उल्लेख छ ।

साथै विदेश भ्रमण गर्दा पनि दैनिक भत्ता गाउँपालिका र नगरपालिकाका पदाधिकारीले समान पाउनेछन् । विदेश भ्रमण गर्दा दैनिक १५० अमेरिकी डलर उनीहरुले पाउनेछन् ।

यस्तै, उप महानगरपालिका, महानगरपालिका र जिल्ला समन्वय समितिका पदाधिकारीले भने विदेश भ्रमण गर्दा १७५ अमेरिकी डलर दैनिक रुपमा भत्ता पाउनेछन् । विदेश भ्रमण गर्दा पनि सबैको यात्रा बिमा शुल्क प्रति भ्रमणमा १० लाख तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]