०९ फाल्गुण २०८२, आइतबार
22-02-2026 , Sun
×

बोदेबर्साइन नगरपालिकाका मेयर सिंह धान रोपेर मनाए धान दिवस !

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

न्यूजमधेश सम्बादाता
राजविराज, १५ असार । आज १७ औं विश्व धान दिवसको अवसरमा  बोदेबर्साईन नगरपालिका वडा नम्बर ५ मा  धान रोपेर धान दिवस मनाउनु भएको छ ।

नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख रामराजा केशरी, सशस्त्र बेश क्याम्प बोदे बर्साईनका प्रमुख हिमाल केसीले धान रोपेर १७ औं विश्व धान दिवस मनाउनु भएको छ ।

सो कार्यक्रममा  बर्साईन नगरपालिका वडा नम्वर–५ का अध्यक्ष मो मजेबुल रहमान, वडा नम्वर २ का अध्यक्ष दिगम्बर यादव, पशु शाखा र कृषि शाखा बोदे बर्साईनको कर्मचारी, बोदे बर्साईन नगरपालिकाका कर्मचारी, राजनीतिक दलका प्रतिनीधि, वुद्धिजीवी, किसान, युवाहरु  समेतको सहभागिता रहेको थियो ।

मिथिला प्याज खेती कृषक समुह बोदे बर्साईन नगरपालिका वडा नम्वर ५ को सहयोगमा तथा बोदेबर्साईन नगरपालिकाको पहलमा कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा स्थानीय गङ्गा प्रसाद यादव समेतको सहयोग रहेको थियो ।

नगरपालिकाका मेयर सहित जनप्रतिनीधि, राजनीतिकर्मी समेतले सामुहिक रुपमा धान रोपाई समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]