१७ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
×

नागरिकता विधेयक खारेजको माँग गर्दै जसपाको बिशाल जुलुस प्रदर्शन

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

उमेश कु. साह
राजविराज, १५ असार । नागरिकता विधेयक खारेजको माँग गर्दै सप्तरीको बोद बर्साईनमा जनता समाजबादी पार्टीको बिशाल जुलुससहित बिरोध प्रदर्शन गरिएको छ ।

जनता समाजबादी पार्टीले नागरिकता विधेयक बिरुद्ध जुलुससहित नारा बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनका क्रममा नागरिकता विधेयक खारेज गर, महिला बिरुद्धको विभेद अन्त्य गर, अधिनायकवाद मुर्दावादका साथै प्रधानमन्त्री ओली बिरुद्ध चर्को नाराबाजी गरिएको थियो ।

जुलुस प्रदर्शन पश्चात् आयोजित कोणसभालाई जनता समाजबादी पार्टीको यूवा नेता तथा जिल्ला सदस्य अरुण कुमार यादव र अमरेन्द्र कुमार यादवको अध्यक्षतामा तथा जनता समाजबादी पार्टीको केन्द्रिय कार्यकारी नेता अनिरुध कुमार सिंह यादवको प्रमुख अतिथिमा बिरोध प्रदर्शन भएको छ।

साथै बिशिस्ठ अतिथीमा जनता समाजबादी पार्टीको केन्द्रिय सदस्य दिनेश कुमार यादव , बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादव , मो. दाउद अलि , राम प्रसाद चौधरी , दिनेश कुमार यादव ,गायतले सम्बोधन गर्दै नागरिकता सम्बन्धी सरकारले ल्याएको संशोधन विधेयक खारेज नगरे आन्दोलन चर्काउने र सरकारलाई विधेयक फिर्ता लिन बाध्य पार्ने चेतावनी दिएका थिए ।

बोदे बर्साईन नगरपालिकाको सम्पुर्ण जनता समाजबादी पार्टीको वार्ड अध्यक्षहरु , प्रतिनिधि , किसान , राजनीतिकर्मी , युवा , विद्यार्थी , सल्लाहकार पत्रकार र हजारौं संख्यामा अस्थानिय नागरिक द्वारा नागरिकता बिधेयक खारेज गर्न माग गर्दै प्रदर्शन र नाराबाजि समेत गरिएको थियो ।

ईलाका प्रहरी कार्यालय कडरबोना ,बोदे बर्साईन तथा सशस्त्र बेस क्याम्प बोदे बर्साईनको प्रमुखको टोलि समेत हुदा , आन्दोलनकारीको संख्या र समाजवादी युवा संघका युवा हरूको उल्लेखनीए सहभागिताबढी हुन भएकाले जनता समाजबादी पार्टीको बिरोध प्रदर्शन सफल तथा अगामी दिन सरकारलाई बिधेयक खारेज फिर्ता नगरे सम्म आन्दोलन हुने छ प्रमुख अतिथि यादवले बताए ।

कार्यक्रमको बीच प्रधानमन्त्री के. पि ओलि शर्माको पुतला समेत बनाएर मुर्दा बादको नाराबाजि गरिएको थियो । जनता समाजबादी पार्टीको प्रदर्शनकारी र प्रहरी बीच झड़प समेत भएको ईलाका प्रहरी कार्यालय कडरबोनाको प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]