२९ आषाढ २०८२, सोमबार
14-07-2025 , Mon
×

नागरिकता विधेयक खारेजको माग गर्दै जनमत पार्टीद्वारा बिरोध प्रदर्शन

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६ असार।बिहे गरेर नेपाल ल्याउने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिन लागिएको बिरोधमा जनमत पार्टी धनुषाद्वारा जनकपुरधाममा सोमबार प्रदर्शन गरिएको छ ।

पार्टीका धनुषा ईन्चार्ज अनिता साहको नेतृत्वमा कालोपट्टी बाँधेर प्रदर्शन गरिएको हो ।

जनमत पार्टी कार्यालय अगाडिबाट निकालिएको बिरोध प्रदर्शनमा विभेदकारी नागरिकता विधेयक खारेज गर ,अधिकार खोस्न बन्द गर ,मधेशी एकता जिन्दावाद जस्ता नाराहरु लगाउदै रमानन्द चौक, पिडारी चौक, मधेश भवन, भानु चौक, कदम चौक, मुरली चौक हुँदै जनक चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै पार्टीका नेताहरुले यो नागरिकता विधेयक सच्याएर नल्याए आन्दोलन नथामिने बताए । उनीहरुले यो नागरिकता विधेयक मधेश बिरोधी रहेको बताए ।

जनमत पार्टी धनुषा इन्चार्ज साहले दुई तिहाईको दम्भमा विदेशी महिलालाई विवाहको सात वर्षपछि मात्र बैवाहिक अंगिकृत नागरिकता दिने निर्णय गरेको दाबी गरिन् । उक्त निर्णय अविलम्ब सच्याउन आग्रह गर्दै उनले निर्णय नसच्याईए सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिइन् ।

पार्टीका केन्द्रीय सदस्य इन्द्रजित यादवले नागरिकता सम्वन्धी प्रावधान विभेदकारी रहेको भन्दै निर्णय सच्याउनुपर्ने बताए ।

कोणसभामा पार्टीका जिल्ला नेता राजेन्द्र यादव, दिपनारायण यादव, लक्ष्मेश्वर यादव,धनाबिर ठाकुर , उपेन्द्र रोहिता, जनमत विद्यार्थी संघका केन्द्रीय सदस्य नवीन पण्डित, धिरज मण्डल, विद्यार्थी जनमत संघ धनुषाका इन्चार्ज बिजय यादव लगायतका नेता तथा कार्यकर्ताहरुले नागरिकता विधेयकको विरुद्धमा आ आफ्नो धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]