२३ माघ २०८२, शुक्रबार
06-02-2026 , Fri
×

जनमत पार्टीद्वारा नागरिकता विधेयकको विरुद्धमा घर -घरमा कालो झन्डा (फोटो फिचर)

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६ असार ।विदेशी महिला संग विवाह गरेर नेपाल आउने महिलालाई ७ बर्षपछि अंगीकृत नागरिकता दिने विधेयकको विरुद्धमा डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार मधेशभारी घर घरमा कालो झण्डा गाडेर विरोध गरेको छ ।

संघीय संसदको प्रतिनिधिसभामा छलफलमा रहेको नागरिकता विधेयक मधेशी विरुद्ध रहेको भन्दै जनमत पार्टीले आन्दोलनको कार्यक्रम असार ७ गते घोषणा गरेको थियो ।

त्यसै आन्दोलनको कार्यक्रम अनुसार मंगलबार १० औं घर घरमा कालो झण्डा गाडेर विरोध गरेको छ । पुर्व घोषित कार्यक्रम अनुसार मंगलबार मधेशका विभिन्न जिल्लामा विभिन्न स्थानमा कालो झण्डा गाडिएको छ ।

सोही कार्यक्रम अनुसार बुधबार सम्पूर्ण जिल्लामा सिटी जुलुस प्रदर्शन गर्ने तयारी गरिएको छ । यसैगरी विहीबार भैंसी जुलुस र शुक्रबार विधेयक जलाउने तथा शनिबार थप कार्यक्रम घोषणा गर्ने जनमत पार्टी केन्द्रीय सदस्य संत्यनारायण मण्डलले बताएको छ ।

मधेशका विभिन्न जिल्लामा विभिन्न स्थानमा कालो झण्डाको केहि दृश्यहरु

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]