१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

पाशुपत क्षेत्रको विकासमा कोष क्रियाशील

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०७७

न्यूजमधेश सम्बादाता
काठमाण्डौ,१७असार । पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रको पूर्वाधार विकास तथा सम्पदा संरक्षणमा सक्रियताका साथ लागेको बताएको छ ।

प्रतिनिधिसभा, अन्तर्राट्रिय सम्बन्ध समितिमा आज भएको बैठकमा कोषका पदाधिकारीले चालु आर्थिक वर्षमा गुरुयोजना कार्यान्वयनमा भएका प्रगतिबारे जानकारी गराए ।

समितिका सभापति पवित्रा निरौला (खरेल) को अध्यक्षतामा भएको बैठकमा उनीहरूले जनशक्तिको अभाव, सर्वाजनिक खरिद ऐनमा भएका व्यवस्थाले विनियोजित बजेट खर्च गर्न कठिन भएको, कतिपय विकास–निर्माणका काम प्रारम्भ गर्न काठमाडौँ महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभागलगायत निकायहरूबाट स्वीकृति र सहमति लिनुपर्ने व्यवस्थाले कार्यसम्पादनमा विलम्ब भएको तथा धार्मिक, सांस्कृतिक एवं परम्पराका नाममा बेलाबेलामा व्यवधान उत्पन्न हुने गरेको उनीहरुको गुनासो थियो ।

भूकम्पपछिको पुनःनिर्माणमा गत आवमा रु १३ करोड ११ लाख खर्च भएको तथा ढल व्यवस्थापन, सडक, मन्दिर, पाटी र सत्तलको पुनःनिर्माण मर्मतसम्भार जारी रहेको छ ।

दर्शनार्थी तथा पर्यटकको सेवा सुविधाका निम्ति विश्रामस्थल, उद्यान व्यवस्थापन, शवदाहगृह निर्माण एवं सञ्चालन, पाशुपत क्षेत्रको साङ्ख्येय नक्साङ्कन (डिजिटल म्यापिङ), गुुह्येश्वरी–गौरीघाट नदी किनारको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]