२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

युवा नेता आभाषले गरे बिकास, निजी लगानीमा सडक निर्माण

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०७७

मनोज बनैता
लाहान, १७ असार । लाहान नगरपालिका -१ स्थित कृष्णटोलको भित्री सडकको विजोग अवस्थाले स्थानीय सकस झेल्दै आएका छन ।

हल्का वर्षामै हिलाम्मे हुनेगरेको सडकमा पैदल हिड्न समेत कठिनाई भोग्दै आएका करिब दुई दर्जन घरपरिवार ले भने हाल आएर राहत महसुस गरेका छन ।

कुनै सरकारी बजेट नभई निजी लगानीमा कृष्णटोलकै स्थानिय तथा नेपाली काङ्ग्रेसका युवा नेता आभाष यादव उक्त सडक निर्माणमा लागेका छन ।

बुधबार बिहानै देखि जेसिबी लगाई सडक निर्माण कार्य थालेको यादवले जानकारी दिएका छन । बर्षा मौसमको कारणले बाहिरबाट माटो ल्याउन नसक्ने भन्दै युवा नेता यादवले उक्त सडक छेउकै माटो झिकी सडक मर्मतमा लागेको बताए । साथै यादवले नगरपालिकालाई उक्त सडकमा ग्राभेलको काम गरिदिन अनुरोध गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]